२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को सुदूरपश्चिम प्रदेश भेला बेलौरीमा हुने


  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित १ साल अघि
  • ६७९ पाठक संख्या
  • माधब पौडेल,१९ जेष्ठ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को सुदूरपश्चिम प्रदेशको आयोजनामा “भावसम्प्रेषण तथा दोस्रो भेला कार्यक्रम जेठ २० गते बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको प्रेम होटल एण्ड पार्टी प्यालेसमा हुने भएको छ।

    मंगलबार दिउँसो १२:०० बजे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख आतिथ्यता सम्पन्न हुने।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कञ्चनपुरका जिल्ला इञ्चार्ज देविन्द शाहीले जानकारी दिनुभयो। इन्चार्ज शाहीका अनुसार कार्यक्रममा सुदूरपश्चिमका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायलाई उपस्थित भई सफल पार्न आह्वान गर्नुभएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट