२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

बेलौरी: कृषि विकास शाखाद्वारा सिद्धेश्वर कृषि सहकारीमा आवद्ध किसानहरूलाई अनुदानमा कृषि सामग्री हस्तान्तरण


  • २०८२ बैशाख २३, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • २९४ पाठक संख्या
  • बेलौरी: कृषि विकास शाखाद्वारा सिद्धेश्वर कृषि सहकारीमा आवद्ध किसानहरूलाई अनुदानमा कृषि सामग्री हस्तान्तरमाधव पौडेल,२३ बैशाख। कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाद्वाराबेलौरी नगरपालिका वडा नम्बर ६मा रहेको सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरूलाई मंगलबार कृषि सामग्री हस्तान्तरण सँगै सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ।आर्थिक वर्ष २०८१/०८२ को संघीय सशर्त कार्यक्रम अन्तर्गत मकै प्रबर्द्धन कार्यक्रममा डिक्स हैरो१थान, पम्पसेट २थान, पानी मोटर १८ थान, स्प्रे ट्यांकी १२थान,पुसरो सिडर ३ थान, बोरिङ सामग्री १० थान र डेलिभरी पाइप १२० के जी लगायतका सामग्रीहरु वितरण गरिएको कृषि विकास शाखा बेलौरीका प्रमुख सुमनराज जोशीले जानकारी गराउनुभयो। शाखा प्रमुख जोशीका अनुसार यस कार्यक्रम अन्तर्गत ३०बिघा क्षेत्रफलमा मकै खेतीका क्षेत्र विस्तार गरिएको छ भने यस्ता कार्यक्रमहरूले गर्दा किसानहरुमा आम्दानीको श्रोत बढेको बताउँदै आगामी आर्थिक वर्षमा पनि बसन्ते मकै विस्तार गरिने समेत बताउनुभयो। वितरण गरिएको सामग्रीको कुल लागत १३ लाख ६१ हजार ९ सय रूपैयाँ मध्ये नगरपालिकाबाट ७ लाख बराबरको रकम विनियोजित गरिएको शाखा प्रमुख जोशीले जानकारी दिनुभयो।कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले बेलौरी नगरपालिकाले जिल्लामै कृषि क्षेत्रमा बढी रकम छुट्याइएको बताउँदै आफ्नो पालिका कृषि खेतीमा निर्भर भएकाले कृषिलाई प्रथामिकता राखेको समेत बताउनुभयो। बर्षेनी विभिन्न कार्यक्रम अन्तर्गत प्रर्याप्त रुपमा किसानहरूका लागि सामाग्री हस्तान्तरण गरिएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो।

    कार्यक्रममा बोल्दै सभापति विष्टले बेलौरी नगरपालिका कृषि विकास शाखा बेलौरीले ५० प्रतिशत प्रबर्द्धन कार्यक्रममा हाम्रो सहकारीमा आवद्ध किसानहरूलाई सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ।कार्यक्रमको सभापति सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सिंह विष्ट, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, विशिष्ठ अतिथि बेलौरी नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भूल, बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य सन्त बहादुर बडुवाल,बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशी, कृषि प्राविधिक हरिश सेट्टी लगायत किसानहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव सुरेन्द्र बडुले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट