२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

‘जनतासँग माओवादी’ अभियान अन्तर्गत कञ्चनपुरमा यस्ता छन्  कार्यक्रम


  • २०८२ बैशाख १७, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • १७९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कञ्चनपुरमा हुनुहुन्छ । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत बुधबार बिहानैदेखि कञ्चनपुरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । एकाबिहानै अध्यक्ष प्रचण्ड सहित नेता-कार्यकर्ताहरू बिहानी पैदलयात्रा (मर्निङ वाक) मा हुनुहुन्छ । त्यसलगत्तै पुनर्वासमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रचण्ड सचिवालयले जनाएको छ । बिहान ९ बजे बेलौरीस्थित रामनगर खानेपानी आयोजना उद्घाटन कार्यक्रम रहेको छ । त्यसपछि बेलौरीको शोभातालस्थित सहिद स्मारकमा माल्यार्पण र शोभाताल क्षेत्रको अवलोकन गरिने बताइएको छ ।

    बिहान १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभाहलमा विशेष स्वागत तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भनिएको छ । त्यसलगत्तै कलकत्ता हाटबजारको अवलोकन र बेलडाँडीमा कोणसभा हुने बताइएको छ । यी सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएपछि महेन्द्रनगर बजारमा रहेको संविधान चोक स्मारकमा पुगेर हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको समापन गरिने जानकारी प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रले गत फागुन १२ गतेका दिन झापाबाट उक्त अभियानको सुरुवात गरेको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट