कञ्चनपुर, १३ पुष।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) ले वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकार सुशासनको पक्षमा नभएको बताउनुभएको छ।शनिबार कञ्चनपुरको पुनर्वासमा माओवादी केन्द्रले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधन गर्दै सरकार सुशासनको पक्षमा नभएको बताएका हुन ।‘यो सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी मान्छे जोगाउन उद्यत छ।‘विचौैलियाको पक्षमा मात्रै काम गरिरहेको छ, जनता सरकारप्रति निसार छन । प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार बिरुद्धमा गतिबिधी अघि बढाएपछि अत्तालिएर सरकार ढलाउने केन्द्रीत रहेको बताएका छन । ‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचार बिरुद्धको अभियान संचालन गरेको थियो, ‘उनले भने, ‘दलका ठुला नेता एव ठुला कर्मचारी परेपछि सरकार ढालियो ।’ माओवादीले अघि सारेको सुशासनको अभियान संचालन गरेको देखाएर विचौलिया अत्तालिएको बताउनुभयो।
पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफुले चिन, भारतमा भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै उनले नेपाल भारत र चिनसंग विद्युत ब्यापार सम्झौता ऐतिहासिक भएको बताउनुभयो।आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीसंग कञ्चनपुर सहित दार्चुलाको लिपुलेकसम्मको सीमा समस्या बारे स्पष्ट कुरा राखेको बताउँदै प्रचण्डले आफुले तीन पटक सरकारको नेतृत्व गर्दा सुप प्रदेशमा गौरबका आयोजना संचालन गरेको र दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण, सुप विश्वविद्यालय निर्माण, गेटा अस्पताल, गोकुलेश्वर कृषि क्याम्पस, धनगढी क्रिकेट फापला मैदान निर्माण सहितका योजना अघि बढेको समेत बताउनुभयो।
माओवादीले सरकारको नेतृत्व गरेर गिरीबन्धु, वाईडबडी, ओ्म्नी सबै भ्रष्टाचार काण्डका फाईल खोल्ने बताए । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाले देशभर माओवादीप्रति जनलहर बढेको बताए । प्रचण्डले आगामी ०८४ को निर्वाचनमा माओवादी १नम्बर पाटी बन्ने समेत घोषणा गरेका छन ।
प्रतिक्रिया दिनुहोस