२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला भेला बेलौरीमा सम्पन्न


  • २०८१ पौष ११, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • ३०८ पाठक संख्या
  • माधब पौडेल, ११ पौष।कञ्चनपुरको बेलौरीमा प्रथम कञ्चनपुर जिल्ला भेला बुधबार बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।बिहीबार आयोजित जिल्ला भेला कार्यक्रमको जिल्ला सभापति पदम बिष्ट प्रमुख अतिथिमा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरी ढकाल, विशिष्ट अतिथिमा काठमाडौँ क्षेत्र नम्बर ७ प्रतिनिधि सभा सदस्य गणेश पराजुली, केन्द्रिय सदस्य विजय जैरु, जनक सिंह धामी,ज्ञानेन्द्र महता महता,नरेन्द्र चन्द,अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट लगायत पार्टीका जिल्लाका प्रतिनिधि,क्षेत्रिय समिती पदाधिकारी पार्टी प्रति आस्था राख्ने नेता कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर कमिटी सभापति विष्णुप्रसाद शर्माले राख्नुभएको थियो।

    भेलाबाट पाटी जिल्ला सभापतिमा पदम विष्टले निरन्तरता पाएका छन, भने उप सभापतिमा भारगती बडाल दोहोरिएकी छिन । भने,सचिवमा रामदत्त भट्ट चयन भएका छन । भट्ट भीनपा ६ ऐठपुर स्थित शान्ति निकेतन माविका अध्यक्ष पनि हुन । समाजसेवी समेत रहेका भट्ट हालै भीनपा ६ वडाध्यक्षमा चुनाव लडेका थिए।उप सचिवमा भुपेन्द्र नागरी,सदस्यहरु जनक चौधरी,गणेश खडका,गोकर्ण लामिछाने, शिवराज भट्ट,कविता सिलाल चयन भएका छन।रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले यस अघि जिल्लाका ९ पालिका सभापति स्वत जिल्ला सदस्य हुने सहित थप गरिएको बताउनुभयो।सभापति विष्टले जनहितका कामकाज गर्ने बताउँदै बेथिति भ्रष्टाचारदेखि सरकारी ढिलासुस्ती बिरुद्धमा संघर्षको चेतावनी दिएका छन ।रास्वपा केन्द्रीय सदस्य तथा सांसद हरि ढकालको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रमुख अथिति ढकालले वर्तमान सरकार आफ्नो कर्तव्य भन्दा रास्वपा पाटी सिध्याउन केन्द्रीत भएकाले बेथिति मच्चिएको बताउनुभयो।भेलामा रास्वपा जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट