२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

अएक सहारा बहुउद्देश्यीय सहकारी संस्थाको पाचौं बार्षिक साधारणसभा सम्पन्न अध्यक्षमा पुन: तामाङ निर्वाचित 


  • २०८१ मंसिर २५, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • १७० पाठक संख्या
  • धनबहादुर बिक,पुनर्वास,२५ मङ्सिर।अएक सहारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मंगलबार पुनर्वास नगरपालिका ६ को सभाहलमा संस्थाको पाचौं बार्षिक साधारणसभा सम्पन्न भएको हो।संस्थाको चुनावि साधारणसभा समेत रहेको हुँदा पुर्व अध्यक्ष तिल प्रसाद तामाङ को अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ।नयाँ सञ्चालक समिति गठनका लागि पुर्व श्रोत व्यक्ति बिष्णुभक्त पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरि समितिलाई पुर्णता गरिएको थियो।नवगठित समितको अध्यक्षमा तिल प्रसाद तामाङ,उपाध्यक्षमा गिता थापा , सचिवमा मनबहादुर गुरूङ,सहसचिवमा दण्डपाणि पाण्डे, कोषाध्यक्षमा बसन्ति पौडेल चयन भएका छन भने सदस्यमा कौशिला विश्वकर्मा,कल्पना बिक,लालबहादुर पौडेल क्षेत्री,गंगा श्रेष्ठ,शोभाकर तिवारी र अमरबहादुर बोगटी रहेका छन ।

    संस्थाको लेखा समितिमा संयोजक सीता बिक सदस्य विमला नेपाली र धनमाया गुरूङ रहेका छन।कार्यक्रममा व्यवस्थापक पुनम राई श्रीवास्तवले तयार पारेको आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष तिल प्रसाद तामाङले प्रस्तुत गरेका थिए।९४ लाख ३४ हजार ६ हजार ६६२ रूैपैया यस बर्षको आयव्यय रहेको छ भने आगामी आर्थिक बर्षका लागि अनुमानित १ करोड १२ लाख ३५ हजार २०० बराबरको आयव्यय प्रस्तुत गरिएको थियो।२०७३ सालमा द ल्याप्रोसी मिसन नेपालको सहयोगमा ४ वटा समूह गठन गरी मिति २०७६/१०/२९ मा अएक सहारा वहुद्देश्यीय सहकारी संस्था लि. को स्थापना भएको र आज यो संस्था स्थापनाको पाँचौं वर्ष पूरा भएको छ। जस अनु‌सार द ल्याप्रोसी मिसन नेपाल बाट रु ११ लाख विउ पूँजी प्राप्त भई हाल उक्त पूँजीलाई सवै शेयर सदस्यको हितमा प्रयोग गर्ने गरी जगेडा कोषमा राखेको मिति २०८१ अषाढ मसान्त सम्म रू ८ लाख ७४ हजार ४०० चुक्ता शेयर पूँजी संकलन एवं कोष रु १४लाख १२ हजार ३६४ को स्थायी कोष स्थापना भएकी अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले अएक सहकारीले पुनर्वासमा छुट्टै पहिचान बनाईसकेको कुरालाई जोड्दै सहकारी सञ्चालनका लागि विगतमा संस्थालाई विभिन्न तालिमहरू उपलब्ध गरिएको रआगामी दिनहरूमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।सो अवसरमा शुभेच्छा पशुपालन सहकारीका अध्यक्ष पदम प्रसाद शर्माले सहकारी सम्बन्धि सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा पुर्व श्रोत व्यक्ति विष्णुभक्त पौडेल, पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मित्र सिंह लामा,पुर्व वडा अध्यक्ष मनबहादुर गुरूङ लगायत अतिथिहरू रहेका थिए।संस्थाका अध्यक्ष तिल प्रसाद तामाङको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्मा रहेका थिए । कार्यक्रमको सञ्चालन बहिरा विशेष कक्षाका शिक्षक बिष्णु अर्यालले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट