धनबहादुर बिक,२५ मङ्सिर।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कि नेतृ एंब मञ्चकी केन्द्रीय सदस्य पार्वती दुलालको १३ औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । मंगलबार दिवंगत हुनुभएकि दुलालको निवास पुनर्वास नगरपालिका ६ स्थित छोरा बिष्णु दुलालको घरमा स्वर्गीय पार्वती देबि दुलाल देवसान हुनुभएको १३ औं दिनको पुण्य तिथिको अवसरमा नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । श्रद्धाञ्जली अर्पण गर्दै वहाको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ। नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर समिति कञ्चनपुरले अपिल गरेको छ।२०१३ चैत ३० गते जन्मिनुभएकि दुलाल २०८१ मंसिर १३ गते देववास हुनुभएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पुर्व शिक्षामन्त्री तथा पार्टीका केन्द्रीय उपमहासचिव एबं सुदूरपश्चिम ईन्चार्ज गिरीराजमणी पोख्रेलले कमरेड पार्वती दुलाल जस्ता योद्धाकै कारण आज मुलुकमा युगान्तकारी परिवर्तन आएको स्मरण गराउदै माओवादी पार्टीले अभिभावक गुमाउनुपरेको बताउनुभयो।१०बर्षे जनयुद्ध कालमा नेत्रि दुलालले पार्टी सञ्चालन होस वा पार्टी अगाडि बढाउने बिषयमा होस वहाँका योगदान अतुलनीय अविस्मरणीय थिए वहाँले टिप्पणी गर्नुभयो।
दिवंगत पार्वती दुलाल जस्ता योद्धाकै बलिदानीले मुलुकमा शोषक सामन्ती हरूको अन्त्य गर्दै देशमा लोकतन्त्र र गणतन्त्र स्थापित हुन सकेको हो। यद्यपि यतिबेला देशमा भुराजनितिले नयाँ नयाँ समस्याहरू थपिएका छन।नेकपा माओवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्जा टेकेन्द्र भट्ट ले पार्टी मा आफ्नो जिम्मेवारी बहन गर्दैगर्दा वहाँ लाई आमाको रूपमा सम्बोधन गरिन्थ्यो आफ्नो भनाइमा जोडनुभयो।औपचारिक शिक्षा नभए पनि पार्टी ले दिएका हरेक जिम्मेवारी कर्तव्यनिष्ट भएर पूरा गर्न कहिल्यै पछि हट्नुभएन । पार्टीको अभिभावक आमाको रूपमा रहनुभएकि पार्वती दुलालले देखाएको बाटोमा आफुहरू हिंडनुपर्ने नेता भट्टले जोड दिनुभयो ।
यतिबेला देशमा भुराजनिति ले नयाँ नयाँ समस्या हरू थपिएका छन सिमाको समस्या ज्युँ का त्युँ छन।सभापति पुनर्वास नगर कमिटी अध्यक्ष धोके राना , प्रमुख अतिथि पुर्व मन्त्री गिरिराजमणि पोख्रेल,बिशिस्ट अतिथि बिरबल बिश्वकर्मा , लोकेन्द्र लम्साल, प्रदेश सह सचिव रामबहादुर देवकरले अभिभावकको भुमिकाका रूपमा परिचित पार्वती दुलाल प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुभयो। पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापा पार्वती दुलाल कम्युनिस्ट आन्दोलनको खम्बाको रूपमा हुनुहुन्थ्यो ।सो अवसरमा नेकपा माओवादी का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल,दिपा चौधरी,निर्मला बडाल,सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव रामबहादुर देवकर,जिल्ला संयोजक खेमराज पाण्डे,जिल्ला सचिव सहबिर सुनार,बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नरबहादुर बिक , वडा नम्बर १० का अध्यक्ष सुकदेव राना लगायत अतिथि रहेका थिए । पुनर्वास नगरसमिति अध्यक्ष धोके रानाको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सदस्य कञ्चन गिरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस