२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औं बर्षिक साधारणसभा सम्पन्न 


  • २०८१ मंसिर २३, आईतबार मा प्रकाशित ५ महिना अघि
  • १८८ पाठक संख्या
  • धनबहादुर बिक,२३मङ्सिर।किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औं बर्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ।आईतवार पुनर्वासमा रहेको न्यु सम्राट रेष्टुरेन्टको सभाहलमा संस्थाको बार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्था को कैलाली लम्किमम रहेको प्रधान कार्यालय तथा ४० ओटा शाखा मध्ये पुनर्वास शाखाको बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापाले किसान सहकारी का सबै सिद्धान्त हरू प्रभावकारी रहेको पाउँदा खुसी लागको बताउनुभयो।सहकारी मा महत्त्वपूर्ण बिषय भनेको सेयर सदस्य ले नियमित रिण कारोबार गरिए मात्र सहकारी फस्टाउने गर्छन अन्यथा सहकारी पनि डुब्छ अनि स्वंय सेयरसदस्य पनि डुब्ने गर्छ उहाँले बताउनुभयो।सेयर सदस्य हरूलाई प्रत्यक्ष लाभ हुने काम जुन सहकारी ले गर्छन त्यो सहकारी लाई सफल भएको मान्न सकिन्छ थापाले जोड दिनुभयो ।वहाँ ले सहकारी हरू तिनवटा तहमा बिभाजन गरिए अनुसार किसान सहकारी को कारोबारलाई हेर्दा संघिय राजधानीसंग सम्बन्धित रहेको देखिन्छ ।

    सहकारी ले सैद्धान्तिक बिषय संग सिमा नाका संग जोडिएको पुनर्वास मा लागू औषध नियन्त्रण र रोकथाम का बिषयमा पनि जनचेतनामूलक कार्यक्रम लाई सहकारी को एजेन्डा बनाउन अनुरोध गर्दै समाजिक क्षेत्र मा समेत संस्थाले जिम्मेवारी बहन गर्नपर्नेमा पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामाले जोड दिनुभयो। सहकारी मा अधिकांश महिला हरूको सहभागिता भएकोले पनि किसान सहकारी फस्टाएको धारणा व्यक्त गर्नुभयो।कुमारी बैंक आई बी आर डी का शाकहा प्रबन्धक कृष्णराज जोशीले किसान बहुउद्देश्यीय सहकारी को उदेश्य र सेवा सुविधा हेर्दा वित्तीय सहकारी तथा बैंक लगायतको भन्दा उत्कृष्ट रहेको बताउनुभयो।

    संस्थाका उपाध्यक्ष कार्यक्रमका सभापति टिकेन्द्र बहादुर थापाले कार्यक्रम लाई समापन गर्दै संस्थाले मुनाफा भन्दा पनि सेयर सदस्य प्रति उत्तरदायित्व बहन गरेको छ वित्तीय कारोबार गर्ने संस्था हरू धेरै छन तर किसान सहकारी ले अन्य सहकारी भन्दा फरक सिद्धान्त लियर अघि बढेको बताउनुभयो।प्राय सबै सहकारी को उदेश्य हरू एउटै देखिए पनि किसान सहकारी को उदेश्य अलि फरक किसिमका र जनमुखी सिद्धान्त हरू भएको पाईएको पुनर्वास वडा नम्बर ८ कि वडा सदस्य देवि कार्कीले बताउनुभयो।सहकारी ले बिशेष गरि सेयर धनी का उत्कृष्ट बिध्यार्थि बाबुनानिहरू लाई थप उर्जा होस भनी पुरस्कृत गर्दै आएकोमा अत्यन्तै सकारात्मक पक्ष लाग्यो।संस्थाका सञ्चालक सदस्य कृष्णा पाण्डेले संस्था को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तिय व्यवसाय :संस्थाको मुख्य व्यवसायका रूपमा रहेको वित्तिय व्यवसाय हाल ४० वटा शाखा कार्यालय मार्फत भईरहेको संस्था सदस्यलाई आधुनिक वित्तिय सेवा प्रदान गर्न संस्थाले प्रविधिलाई परिष्कृत गर्दै आएको छ । मोबाईल बैंकिंग, एटीएम, क्यू आर भुक्तानी लगायतका सुविधाहरू समयानुकुल परिमार्जित र परिष्कृत गरि पेश गरेका छौं । समिक्षा आ.व. बाट संस्थाको मोबाईल बैकिंग सेवालाई परिष्कृत गरेका छौ । अब संस्थामा बचत खाता रहने सदस्यले अन्य बैंकको खाताबाट यस संस्थामा रहेको बचत खातामा रकम जम्मा गर्न सक्नु हुनेछ । संस्थाले वित्तिय व्यवसायमा २ वटा फरक सफ्टवेयर सन्चालन गर्दै आएकोमा समिक्षा आ.व.को अन्त्यबाट दुबै सफ्टवेयरलाई एउटै एकिकृत प्रणालीमा आवद्ध गरेका छौं । जसका कारण कारोबारमा सहजता भएको छ । यसै व्यवसाय समिक्षा आ.व. र चालु आ.व.मा केही वित्तीय सेवाहरू थद तथा परिमार्जन गरेका छौ। जस अन्तर्गत खुत्रुके बचत र किसान सरल कर्जा आदि रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    त्योसंगै कृषि व्यवसाय तर्फ किसान-कोप एग्रो विजनेश ब्राण्ड नाम राखेर संस्थाले कृषि व्यवसाय सञ्चालन गर्दै आएको छ। यो व्यवसाय संस्थाले गर्ने एकलौटी व्यवसाय मात्रै नभई कृषक सदस्यलाई जोडेर लैजाने व्यवसाय समेत हो । जस अन्तर्गत सदस्यलाई कृषि सम्बन्धि निःशूल्क तालिम तथा परामर्श दिई उहाँहरूको क्षमताम अभिवृद्धि गर्ने र उहाँहरूको उत्पादनलाई बजार सम्म पुऱ्याउने समेत हो । हाल संस्थाले यस व्यवसाय अन्तर्गत देहायका कार्य गर्दै आएको बताउनुभयो। सो अवसरमा संस्था का पुनर्वास शाखा प्रबन्धक खेमराज मुडभरिले पुनर्वास शाखामा ९७ केन्द्र सङ्ख्या र १५ सय ५९ जना सेयर सदस्य रहेको जानकारी गराउनुभयो।संस्थाले पुनर्वास शाखामा निक्षेप संकलन ३ करोड ८१ लाख ४६ हजार ३११ रूपैया रहेको छ भने सेयर सदस्य भित्र का सुत्केरी स्याहार सुविधा ९० जनालाई १ लाख ३५ हजार आगलागी राहत ३ जनालाई ९ हजार,सदस्य काजकिरिया खर्च बापत ६ जनालाई ९० हजार,श्रीमान काजकिरिया खर्च सुविधा १४ जनालाई १ लाख १२ हजार , मृत्यु कर्जा मिनाहा ४ जना बापत ४ लाख २१ हजार ५४४ रूपैया सदस्य मृत्यु कर्जा मिनाहा सुविधा ७ जनालाई ९ लाख ६७ हजार ४४६ रूपैया , उत्कृष्ट बिध्यार्थि छात्रवृत्ति ४ जनालाई २० हजार , कोभिड स्याहार सुविधा बापत ३ जनालाई १५ हजार र उपचार खर्च ६ जनालाई ३० हजार गरि १७ लाख ९९ हजार ९९० रूपैयाँ प्रदान गरिएको बताउनुभयो। सो अवसरमा संस्थामा असल कारोबार गर्ने सेयर सदस्य हरूलाई दोसल्ला ओढाई कदरपत्र सहित सम्मान गरिएको थियो।कार्यक्रममा उपस्थित प्रमुख अतिथि अतिथिगणलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन पुनर्वास शाखा प्रबन्धक खेमराज मुढभरी ले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट