माधब पौडेल ,२३ मङ्सिर। कैलाली जिल्लाको लम्की केन्द्रिय कार्यालय स्थापना गरि सञ्चालनमा आएको किसान बहुउद्देश्यीय सहकारी संस्थाको आईतबार बेलौरी शाखाको ३०औ एकाईगत साधारणसभा सम्पन्न भएको छ।कार्यक्रमको सभापतित्व किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति सहसचिव दिनेश कुमार चलाउने, प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, अतिथीमा सञ्चालन विभाग प्रमुख रण बहादुर साउद,संस्थाका टिकापुर इलाका प्रमुख जय शंकर न्यौपाने,महालक्ष्मी विकाश बैंक लिमिटेड बेलौरी शाखा प्रबन्धक हेम बोहरा, सरस्वती माध्यमिक विद्यालय बुटावारीका शिक्षक भानीराम टमाटा, गत साधारण सभाका प्रतिनिधि मिरा राई लगायतबेलौरी शाखाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।साधारणसभाको स्वागत मन्तब्य बेलौरी शाखाका कर्मचारी भीम कुमारी पोखरेलले राख्नुभएको थियो।
संस्थाको बारेमा जानकारी गराउनुहुँदै संस्थाका टीकापुर इलाका प्रमुख जय शंकर न्यौपानेले २०८१ कार्तिक मसान्त सम्मको शेयर पूँजी ४६ करोडकरोड ९७ लाख ७५ हजार ७ सय रुपैयाँ,जगेडा कोष २९ करोड ४३ लाख ८८ हजार ३ सय ६९रुपैयाँ, बचत कुल बचत ४ अर्ब १८ करोड ६७ लाख ६७ हजार ९ सय ९१रुपैया, कुल सम्पत्ति ६ अर्ब ३१ करोड ५२ लाख ८ हजार ६ सय ४९ रुपैयाँ, लगानीमा रहेको कर्जा ४ अर्ब ८१ करोड ३९ हजार ३ सय ९५ रुपैयाँ, विभिन्न कोषहरूमा जम्मा रकम ६६ करोड १ लाख २८ हजार ७ सय ७ रुपैयाँ बराबरको संस्था वित्तीय विवरण प्रस्तुत गर्दै संस्थामा आबद्ध भएका सेयर सदस्य भएका शेयर सदस्य संख्या ८६ हजार ३ सय ५९ रहेको बताउँदै संस्थामा हाल कार्यरत कर्मचारी सङ्ख्या २सय ९२ जना रहेको समेत बताउनुभयो। किसान कोप डिजिटल कारोबार समेत सञ्चालनमा रहेको किसान बहुउद्देश्य सहकारी संस्था लिमिटेड बेलौरी शाखाका प्रबन्धक वीरेन्द्र प्रसाद जैसीले जानकारी दिनुभयो। संस्थाले जन्मदेखि मरणप्रान्तसम्म किसान कोप सदस्य संरक्षण कार्यक्रम अन्तर्गत हालसम्म करिब रु २३ करोड ७६ लाखको हाराहारीमा सुविधा वितरण गरिसकेको छ। किसानको शिक्षा पदक वितरण कार्यक्रम अन्तर्गत किसान बहुद्देशीय सहकारी संस्थाकी सेयर बेलौरी नगरपालिका वडा नम्बर २ घुस्रा बस्ने सेयर सदस्य प्रविदेवि चौधरीका छोरा अमृत चौधरी र र छात्रातर्फ बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझा बस्ने रम्बा टमाटाको छोरी सन्ध्या टमाटाले एस ई ई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेकाले संस्थाको इकाईगत साधारण सभामा नगद रकम रु जनही रु ५/५ हजारका दरले वितरण गरिएको बताउँदै उत्कृष्ट सेयर सदस्य सम्मान कार्यक्रम अन्तर्गत संस्थामा आबद्ध सेयर सदस्य मधु देवी मङ्गोला, लक्ष्मी चौधरी,उमादेवी बस्नेत, तुलसीदेबी कठायत र कुमारी उमा कार्की गिरीलाई कार्यक्रमका प्रमुख अतिथि भोजराज चौधरीले सम्मान गर्नुभएको थियो। जन्मदेखि मरणप्रान्तसम्म किसान कोप अन्तर्गत उपचार सुविधा संस्थाकी सेयर सदस्य लक्ष्मी थापालाई उपचार खर्च बापत नगद रु ५ हजार रुपैयाँ प्रदान गरिएको शाखा प्रमुख जैशीले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस