२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

नेशनल लघुवित्तद्वारा बेलडाँडीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • २०८१ मंसिर १९, बुधबार मा प्रकाशित ३ महिना अघि
  • २३८ पाठक संख्या
  • नवराज अवस्थी, १९मंसिर।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बेलौरीले बेलडाँडी गाउँपालिकाका विभिन्न समूहका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

    बेलडाँडी गाउँपालिकामा आयोजित उक्त कार्यक्रममा संस्थाका समूह नं.९५, ९६,९७, ९८,११० र ११३ का ६१ जना सदस्यहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागी सबै सदस्यलाई सदस्य परिचयपत्र वितरण गरिएको थियो। यस परिचयपत्रका आधारमा सदस्यहरूले कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पताल र सि पी अस्पतालमा ५ प्रतिशत देखि २० प्रतिशत सम्म उपचारमा छुट पाउने व्यवस्था मिलाइएको छ।शाखा कार्यालयका सहायक कर्मचारी, शाखा प्रमुख तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमले अन्य सदस्यहरूलाई पनि परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको छ। संस्थाले यस प्रकारका कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ।कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट