कार्तिक,२९ कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये चर्चित विद्यालय हो । पछिल्ला दिनमा सामुदायिक विद्यालयको शैक्षिक एव भौतिक गुणस्तर बृद्धि भएपछि विद्यार्थीको आकर्षणको केन्द्र बिन्दुपनि बनेको छ ।
अहिले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामदत्त भट्ट र प्रद्यानाध्यापक पुष्पराज ओझा रहेका छन । प्रअ विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अहोरात्र खटिएका छन । दुई बर्ष अघि मात्रै विद्यालयको नेतृत्व सम्हालेका अध्यक्ष भट्टले विद्यालयको चौतर्फि विकासमा खटिएका थिए । गाँउको विद्यालय बनाउँछु भन्दै समाजसेवमा हिडेका तिनै रामदत्त भट्ट अहिले चुनावी मैदानमा होमिएका छन ।
भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट वडाध्यक्षका उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन । विगतका बालजागृती कलेजको प्रशासन, लाईब्रेरी र प्लटु संयोजक भएर काम गरेका भट्टको काँधमा दुई बर्ष अघि अभिभावकले अध्यक्षको जिम्मेबारी दिएका थिए । अभिभावक(जनता)ले शैक्षिक स्तर विकासका लागि दिएको जिम्मेबारीसंगै उनी अहिले वडाकै अभिभावक(वडाध्यक्ष) भन्ने दौडमा छन ।
रास्वपाबाट वडाध्यक्षका उम्मेदवार रामदत्त भट्टले आफुलाई जसरी भीनपा ६का जनताले विद्यालयको नेतृत्वको जिम्मेबारी दिएसंगै सिङ्गै वडाको अभिभावक बनाउनेमा विश्वास व्यक्त गरेका छन । ‘जसरी मलाई जनताले विद्यालयको नेतृत्वमा पु¥यायो, मैले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गरिरहेको छु, ‘उनले भने, ‘वडाकै नेतृत्व पाए शिक्षासंगै समग्र वडाको दीगो बृद्धि विकासका लागि खटिनेछु, म अहिले नै यस्तो गर्छु उस्तो गर्छु भन्दैन, जनताको विश्वास अनुरुप अघि बढ्छु।’
प्रतिक्रिया दिनुहोस