२०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

भीमदत्त ६ उप निर्वाचन: चुनावमा होमियो माओवादी 


  • २०८१ कार्तिक २७, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४१५ पाठक संख्या
  • कञ्चनपुर, कार्तिक २७।आगामी १६ मंसिरमा भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्र होमिएको छ । माओवादी केन्द्रले दलित समुदायमा अगुवा नानाराम ओलीलाई उम्मेदवार बनाएसंगै चुनावमा होमिएको हो ।

    मंगलबार ऐठपुरमा सम्पर्क कार्यालय खोलेर माओवादी केन्द्र प्रचारप्रसारमा होमिएको जनाएको छ । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका प्रवक्ता सुरेश भट्टले उम्मेदवारी टुङगो लागेसंगै सम्पर्क कार्यालय उद्घाटन गरिएको बताउनुभयो। नेकपा माओवादी केन्द्रंका केन्द्रीय सदस्य मान बहादुर सुनारले सम्पर्क कार्यालय उद्घाटन गर्दै पाटीले अघि सारेका उम्मेदवार जातिय मुक्तिदेखि सुशासनका लागि खटिनुपर्ने बताउनुभयो। पुर्वमन्त्री समेत रहेका सुनारले पछिल्ला बर्षहरुमा माओवादीले अघि सारेका एजेण्डा जनतामा स्थापित गराउन नाराराम ओली जिताउन अपिल गरेका छन । हालसम्म माओवादी मात्रै दलित समुदायबाट उम्मेदवार दिएपछि भीनपा ६ मात्रै नभई भीमदत्त नगर जिल्लाकै दलित समुदाय उत्साहित भएका छन

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट