बेलौरी ,१८ भाद्र।कञ्चनपुर जिल्लाका दक्षिणी क्षेत्रकालालझाडी, पुनर्वास, बेलौरी र बेलडाँडीका पालिकाका प्रमुखद्वारा मंगलबार गृह जिल्ला आईपुगेका गृहमन्त्री लेखकलाई पुनर्वास, बेलौरी रबेलडाँडी गाउँपालिकाले स्वागत गर्दै ज्ञापन पत्र बुझाएका हुन । सिमा समस्या देखि डुवान सम्म, निकुञ्ज देखि कृषि, सडक बाटोघाटोका समस्या समाधान र दक्षिणी क्षेत्रको विकासका लागि आवश्यक सहयोग गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् ।दोदा नदिका कारण वर्षेनी स्थानीयले ज्यान गुमाउनु पर्ने समस्या, निकुञ्जका कारण किसानले झेल्नु परेका समस्या समाधान देखि विभिन्न माग गरेको लालझाडी गाउँपालिकाले गृहमन्त्री लेखक लाई ध्यानाकर्षण गराएको छ।बेलाैरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चाैधरीले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक ८ बर्षवितिसक्दा समेत अहिलेसम्म पुर्ण रूपमा निर्माण हुन नसकेको अवस्थामा यथाशिघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्नेमा जोड दिदै बेलौरी छोटी भन्सारलाई नाकाकै रुपमा विकास गरिदिन लगायतका माग सहितको ज्ञापन पत्र पेश गर्नुभएको थियो।बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले दैजी बेलडाँडी हुलाकी सडक खण्ड यथा शिघ्र निर्माण, चाैधर नदीको धार परिवर्तन, दुई दशक भन्दा बढी समय देखि जंगलमै बास भएकाहरूको समस्या समाधान, लगायत विभिन्न समस्या समाधान गरिदिन माग अघि सारेका थिए। नेपाली कांग्रेस बेलौरीले उद्योग बाणिज्य संघ बेलौरीमा आयोजित कार्यक्रममा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ ख बाट निर्वाचित प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले बेलौरी नगरपालिका वडा नम्बर ८ को कालो पुलदेखि पचुईसम्म हुलाकी सडकखण्ड निर्माणमा भारतीय पक्ष एसएसबीले अवरोध गर्दै आइरहेको विषयलाई कूटनीतिक तवरबाट समाधान गरिदिन गृहमन्त्री लेखकलाई आग्रह गर्नुभयो। कार्यक्रममा बोल्ने वक्ताहरुले बेलौरी क्षेत्रको बिकाशका लागि पहल गरिदिन गृह मन्त्री लेखकलाई आग्रह गरेका छन पालिकाले राखेका विषय वस्तुमा सम्बन्धित मन्त्रालय मार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। तेस्तै महाकाल युवा समूह बेलौरी नगर कमिटीले बेलौरीले उद्योग बाणिज्य संघ बेलौरीमा गृह मन्त्री लेखक समक्ष ३ बुँदे ज्ञापनपत्र पेश गरेको अध्यक्ष मदन बोहराले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस