२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

एमालेनिकट युवा संघको प्रदेश सदस्यमा लालझाडीका युवा नेता राना सहित १२ जना मनोनयन


  • २०८१ भाद्र ९, आईतबार मा प्रकाशित ६ महिना अघि
  • २२९ पाठक संख्या
  • कञ्चनपुर,९ भाद्र। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चि प्रदेश कमिटिमा लालझाडीका युवा नेता अमर राना सहित १२ जना मनोनयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक गत विहिवार ६ गते प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरको अध्यक्षता र नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज कमरेड लेखराज भट्टको प्रमुख आतिथ्य र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष क्षितिज थेबेको विशेष आतिथ्यतामा कैलालीको धनगढी सम्पन्न बैठकले राना सहित १२ जनालाई प्रदेश कमिटीमा मनोनित गरिएको जारी सर्कुलरमा उल्लेख गरिएको छ ।

    बैठकले अन्य विभिन्न निर्णय समेत गर्दै १२ जनालाई उमेरको हदवन्दी सहित दोहोरो जिम्मेवारी भएका नेताहरुलाई संगठनबाट बिदा गरेको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कैलाली जिल्लाका जिल्ला अधिवेशन भाद्र मसान्त सम्म गरिसक्ने र प्रदेशका सम्पुर्ण जिल्लामा असोज मसान्त सम्म पालिका अधिवेशन गर्नुपर्ने निर्णय समेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट