माधव पौडेल,।१५ असार। नेकपा (एमाले) बेलौरी नगर कमिटीको आयोजनामा ” जलवायु मैत्री कृषि ,धान उत्पादनमा वृद्धि ” भन्ने नाराका २१औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सल्लाहकार परिषद सदस्य यज्ञ प्रसाद कँडेल रहनुभएको थियोे भने कार्यक्रममा नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सचिव पल्लबराज भट्ट, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन का केन्द्रीय उपाध्यक्ष मर्यादा बिष्ट लगायतअतिथीमा पार्टी प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहर लगायत वडा कमिटीका प्रतिनिधिहरू सहित ८० जनाको सहभागिता रहेको थियो।धान दिवसको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर २ रानीपुरका किसान मिन प्रसाद ढकालका खेतमा धान रोपी कार्यक्रम गरिएको थियो।कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञप्रसाद कँडेलले सरकारले किसानले लगाएको खेतीबालीको उचित मूल्य नतोकेको बताउँदै सरकारले मूल्य त तोक्ने तर तोकेको मूल्यमा खरिद नगरिदिनाले किसानहरू माथि उठ्न नसकेको बताउनुभयो।किसानका लागि समयमा मलखादहरु उपलब्ध गराउनु पर्नेमा जोडदिनुभयो। कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला सचिव भट्टले कृषि क्रान्तिकालाई संरक्षण नगरी विकासमा उत्थान नहुने बताउँदै रोपाई गर्नु गौरवको विषय हो। यसमा सबैले जोड्नु आवश्यक रहेको बताउनुभयो। आज नेकपा एमालेले देशभरका प्रत्येक पालिकामा आयोजना गरेको २१ औं राष्ट्रिय धान दिवस मनाउने निर्णय भएको समेत बताउनुभयो। कार्यक्रमको सञ्चालन नेकपा एमाले बेलौरी नगर कमिटीका सचिव हस्तबहादुर बिकले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस