२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

नेकपा एमाले पुनर्वासको शुक्रबार दोस्रो नगर अधिवेशन हुने तयारीमा


  • २०८१ जेष्ठ ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४७४ पाठक संख्या
  • लाल बहादुर एस के,पुनर्वास/जेष्ठ ३०। एमाले पुनर्वास नगरपालिकाको दोस्रो नगर अधिवेशन शुक्रबार हुने भएको छ । अधिवेशनका लागि सम्पुर्ण तयारी पुरा भ‌एको नगर सचिव काशिराम बोहोराले जानकारी गराउनु भएको छ ।

    जेठ ३२ गते शुक्रबार हुने अधिवेशनलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले समुद्घाटन गर्ने तय भएको नेकपा एमाले नगर‌ सचिव बोहोराले जानकारी दिनुभयो । नगर अधिवेशनका लागि नगर कमिटी, भुगोल, जनसंगठन लगायतबाट प्रतिनिधि चयन गरी सकिएको उहाँले बताउनु भयो । अधिवेशनका लागि महिला र पुरुष गरी १८० जना प्रतिनिधि छनोट गरिएको नगर अध्यक्ष पदम पुजाराले बताउनुभयो। नगर कमिटी सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

    नगर कमिटीमा २० प्रतिशत युवा, ३३ प्रतिशत महिला र अन्य समावेशी बनाइने नेकपा एमाले कञ्चनपुरका युवा नेता भारमल सुनारले बताउनुभयो । अधिवेशनका लागि २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो को व्यवस्थापन प्रवेश शुल्क र आन्तरिक आयबाट गरिने उहाँले बताउनुभयो । सुनारका अनुसार अधिवेशनका लागि प्रतिवेदन तयारी, प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मंच व्यवस्थापन, जलपान, स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट