२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

माओवादीमा हुँदा ७ वर्ष जेल बसेका थापा एमालेबाट मन्त्री


  • २०८१ जेष्ठ २८, सोमबार मा प्रकाशित ८ महिना अघि
  • ४२० पाठक संख्या
  • धनगढी,२८ जेठ्। कञ्चनपुर क्षेत्र नम्बर १ ख बाट निर्वाचित  सुदुर पश्चिम् प्रदेश सभा सदस्य वीरबहादुर थापा ‘पातल’ सोमबार बिस्तार भएको मन्त्रीपरिषदमा विना विभागीय मन्त्री बन्नुभएको हो। तत्कालीन माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका थापा कञ्चनपुर जिल्ला कमिटी संयोजक हुँदै नेकपा एमालेमै रहनुभएको थियो। एमालेले प्रदेश सभा सदस्य थापालाई सार्वजनिक लेखा समितिको सभापति समेत बनाएको थियो ।पद तथा गोपनियताको सपथ लिई सकेपछि मन्त्री थापा  सोमबार नै पुनर्वास नगरपालिका वडा ४ मा रहेको सहिद गोविन्द गौतमको सालिक र बेलौरी बजारमा रहेको सहिद भिमदत्त पन्तको सालिकमा माल्यार्पण गर्नुभएको थियो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा भएको बेला सशस्त्र द्वन्द्वमा वीरबहादुर थापा ‘पातल’७ वर्ष जेल बस्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट