बेलौरी,२८ जेठ्। नेकपा एमाले बेलौरी नगरकमिटीको आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा नमराज शाहीले निकटतम प्रतिद्वन्द्वी टंक बहादुर बोहरालाई २८ मतको अन्तरले पराजित गर्दै बिजयी हुनुभएको हो।
मत परिणाम अनुसार अध्यक्षमा नमराज शाही १०१ मतसहित विजयी हुनुभएको छ। भने उहाँका प्रतिस्पर्धी टंकबहादुर बोहराले ७३ मत प्राप्त गर्नुभएको छ। त्यस्तैगरी उपाध्यक्षमा सहवीर महतरा ८७ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कोपिला चौधरीले ८१ मत प्राप्त गरेका छन्। सचिवमा हस्तबहादुर बिक ८६ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी शिवराज रानाले ७९ मत प्राप्त गरेका छन्। उपसचिवमा मिश्रीलाल रानाले ९२ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँका प्रतिस्पर्धी भोजराज चौधरीले ७५ मत प्राप्त गरेका छन्। महिला उपसचिवमा गीता डगौराले १०५ मत प्राप्त गरी विजयी भएका छन् भने उहाँका प्रतिस्पर्धी नैनादेवी शाहीले ६४ मत प्राप्त गरेका छन्।नगर अधिवेशन बाट नयाँ नेतृत्वको लागि सहमति हुन नसकेपछि २७ गते साँझ मतदान भएको थियो। बेलौरी नगर निर्वाचन कमिटीका अनुसार कुल मतदाता सङ्ख्या १८४, खसेको मत सङ्ख्या १८१ कुल सदर मत १८० थियो भने १ बदर मत भएको मुख्य निर्वाचन अधिकृत बेद प्रकाश उपाध्यायले जानकारी दिनुभयो।
बेलौरी को दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ। जेठ २६ गते शनिबारका दिन नगर अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा भएको नगर अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट ले गर्नुभएको थियो ।उद्घाटन सत्रमा नेकपा एमाले कञ्चनपुर इन्चार्ज नारदमुनि राना, केन्द्रीय सदस्य इन्दु कडरिया, केन्द्रीय सदस्य कमला बोहरा एवं जिल्ला अध्यक्ष लक्ष्मी बुढा ,जिल्ला सचिव पल्लवराज भट्ट तथा केन्द्रीय र प्रदेश एवं जिल्लाका नेता कार्यकर्ताहरूको उद्घाटन सत्रमा उल्लेख्य मात्रामा उपस्थिति थियो। नवनिर्वाचित नगर कमिटीका पदाधिकारीलाई निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत वेद प्रकाश उपाध्यायले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ।
प्रतिक्रिया दिनुहोस