२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

माओवादी: कञ्चनपुरका नेता कार्यकर्तालाई प्रशिक्षण  


  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ४८७ पाठक संख्या
  • कञ्चनपुर, जेठ ५।नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिईएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले शनिबार कृष्णपुरमा जिल्ला स्तरका नेता कार्यकर्ताका लागि राजनैतिक प्रशिक्षण आयोजना गरेको थियो । माओवादी केन्द्रले दोस्रो चरणको संगठन विस्तार पुरक अभियानकै सिलसिलामा जिल्ला स्तरका नेता कार्यकर्ताहरुलाई समसायिक राजनीतिक वैचारिक विषयमा प्रशिक्षण दिएको हो ।

    नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेले संगठन विस्तार अन्र्तरगत जिल्ला स्तरका नेता कार्यकर्ताहरुलाई प्र्रशिक्षण एव अभिमुखिकरण गराईएको बताए । यस अघि माओवादी केन्द्र कञ्चनपुरले गत बैशाखमै अभियानको उद्घाटन गरेको थियो । जिल्ला स्तरिका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण एव अभिमुखिकरण गरेर आ–आफ्नो कार्य क्षेत्रमा खटिदै जनहितका क्षेत्रमा कामकाज गर्न सहजताका लागि उक्त कार्यक्रम राखेको संयोजक पाण्डेले बताए । कार्यक्रम प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराज मणी पोखरेलले अभियान सफल पार्नका लागि खटिनुपर्नेमा आब्हान गर्दै, माओवादीकै बाँधमा संविधानको र प्राप्त उपलब्धीको रक्षा गर्दै जनताको दैनिक जिवनस्तरमा सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन । अहिलेका उपलब्धी रक्षाका लागि माओवादीका हरेक नेता कार्यकर्ता अग्रमोर्चामा रहेर जनतालाई अधिकतम सेवा सुविधा दिन समेत पाटीका नेता कार्यकर्ताहरुले भूमिका खेल्नुपर्नेमा जोडदिएका छन । माओवादीकै संघर्षका लागि नयाँ संविधानदेखि निरङकुशता ढलेसंगै जनताका राजनैतिक अधिकार प्राप्त भएकाले ति जनताका अधिकार कुण्ठित गर्नका लागि केही तत्वहरु सकृय भएकाले माओवादीले वर्तमान व्यवस्था बिरुद्धमा भ्रम चिर्नुपर्नेमा जोडदिएका छन ।कार्यक्रममा माओवादी केन्द्र कञ्चनपुर भुगोलबाट केन्द्र, प्रदेश, जिल्ला कमिटि एव जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट