दीपेन्द्र बस्नेत,कञ्चनपुर,०४ बैशाख ।मुलुकमा राजनैनिक स्थायित्व दिन वर्तमान निर्वाचन प्रणाली बदल्न जरुरी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बताउनुभयो ।
संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुर पुगेका काँग्रेस महामन्त्री थापाले भने -अहिलेको निर्वाचन प्रणालीले राजनैतिक अस्थिरता बढेको छ । यो विषम परिस्थिति बाट देशलाई निकास दिन ठुला दल काँग्रेस र एमाले बिच संवाद गर्न जरुरी छ । स साना दोकान बन्द गर्नुपर्यो ।कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै महामन्त्री थापाले भने – नेपाली काँग्रेसले अब झुक्किएर पनि जीवनभर गठबन्धन गरेर चुनावमा जान हुन्न । निर्वाचन पश्चात् सरकार निर्माणका बेला गठबन्धन सामान्य बिषय भएको उनले बताउनुभयो।
जनतालाई दिगो बिकास चाहिएको छ । बिकासका लागि सहकार्य चाहिएको छ । यसको लागि काँग्रेस एमाले बिच सहकार्यका लागि संवाद आबश्यक रहेको महामन्त्री थापाले बताउँदै।अहिले नागरिकहरुका बिचमा समस्या छ त्यसको सम्बोधन हामीले गर्नु पर्ने महामन्त्री थापा समेत बताउनुभयो।
प्रतिक्रिया दिनुहोस