२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

नेकपा एमालेको नवौँ जिल्ला अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आउँदै


  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित १ साल अघि
  • २५६ पाठक संख्या
  •  कञ्चनपुर ३० फागुन ।एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुन लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो संविधान चोकमा अधिवेशन उद्घाटन गर्ने भएका छन् ।अध्यक्ष ओली विहान काठमाडौं बाट महेन्द्रनगर पुग्ने गरी कार्यक्रम तय गरिएको छ । संविधान चोकमा अधिवेशन उद्घाटन अघि अध्यक्ष ओली दोधारा चाँदनी पुगेर सुख्खा बन्दरगाह निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।अध्यक्ष ओलीसंगै केन्द्रीय सचिवद्वय छविलाल विश्वकर्मा र लेखराज भट्ट लगायतका नेताहरु उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । एमाले केन्द्रीय कमिटी सदस्य भएका कञ्चनपुरका सबै नेता उद्घाटन सहभागी हुने छन् । उनीहरु महेन्द्रनगरमा छन् ।एमाले पोलिटब्युरो सदस्य कर्ण थापा, केन्द्रीय सदस्य एबम् उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रदेश अध्यक्ष कृष्ण जैसी लगायतका नेताहरु पनि सहभागी हुने नेताहरु बताउँछन् ।

    संविधान चोकमा अधिवेशन उद्घाटनका लागि मञ्च तयार गरिएको छ । यस अघि अधिवेशन उद्घाटन समारोह खुला मञ्चमा गर्ने भनिए पनि कञ्चनपुर उद्योग बाणिज्य संघको मेलाका कारण संविधान चोकमा गरिएको हो ।एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दले अधिवेशन उद्घाटन समारोहको सबै तयारी भएको बताउनुभयो। प्रमुख अतिथिज्यू भोलि विहान पुग्नु हुन्छ, उद्घाटनको सबै तयारी पूरा भएको छ।सबै नेता कार्यकर्ता तयारीमा छौ ।’जिल्ला अधिवेशनका लागि ४ सय ६४ प्रतिनिधि छनौट गरिएका छन् । एमालेले खुला, महिला, जन वर्गीय संगठन र आयोजक कमिटीबाट प्रतिनिधि छनौट गरेको हो । दुई दिनसम्म चल्ने अधिवेशनबाट एमाले जिल्ला कमिटी चयन गरिनेछ । दुई वर्ष अघि आठौं अधिवेशनमा एमालेका दुई गुटबीच चुनावी प्रतिस्पर्धा भएको थियो । अधिवेशनका दुई गुटका कारण व्यापक गुटबन्दी भएपछि यस पटक नेताहरु अधिवेशन सर्वसम्मत गराउन लागेका छन् । एमाले कञ्चनपुर इन्चार्ज नारदमुनि रानाले अधिवेशन सर्वसम्मत बनाउने यस अघि घोषणा गरि सकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट