२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

सहकारी ऐन नियमावली विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • २०८० फागुन १३, आईतबार मा प्रकाशित १ साल अघि
  • ३२९ पाठक संख्या
  • महेन्द्रनगर,१३ फागुन।कञ्चनपुरमा सहकारी ऐन नियमावली विषयक एकदिने सञ्चाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महेन्द्रनगरको सुडा फार्ममा आइतबार जिल्ला भित्र रहेका विभिन्न सञ्चार माध्यममा आवद्ध  सञ्चाकर्मीहरु संग सहकारी ऐनमा व्यवस्था भएका विषयमा अन्तरक्रिया गरिएको हो ।

    संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको संचालन गरिनु पर्ने सहभागीहरुले बताएका छन् । पछिल्लो समयमा विभिन्न सहकारीहरुले समुदायमा दिएका ऋणीहरुले उचित प्रयोग नभएपछि सहकारीहरु पनि समस्यामा पर्ने पैसा खाएर सदस्यहरु भाग्ने कारण ले पनि सहकारीहरु समस्यामा परेको पाईएको छ ।

    सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नुपर्ने सहभागी सञ्चाकर्मीहरुले बताएका थिए । सहकारी क्षेत्रबाट जनताले श्रम, शीप र पूँजि परिचालन गरी थप आयआर्जन गर्ने, वचत गर्ने र आफ्ना समस्या आफै समाधानको बाटोमा लागेर राज्यलाई सहयोग गरेको सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमिल्सिनाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट