माधब पौडेल,६ माघ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको अन्नपूर्ण कृषि सहकारी सस्था लिमिटेडको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिबार बेलौरी नगरपालिका वडा नम्बर २ को सभा हलमा सम्पन्न साधारणसभाको सभापतिमा अन्नपूर्ण कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद बगाले ,प्रमुख अतिथी बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरी ,बिशिस्ट अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजाल,लक्ष्मी माध्यामिक बिधालय जबदियाका प्रधानाध्यापक बिरेन्द्र सिंह भण्डारी ,संगम ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष गोबिन्द प्रसाद भट्ट लगायत सस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिबेदन सस्थाका कर्मचारी केदारी रानाले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको प्रगती विवरण कार्यक्रम सभापति एवं सस्थाका अध्यक्ष कृष्ण प्रसाद बगालेले प्रस्तुत गर्नुभएको थियो। साधारणसभा बाट असल ऋणि,बाल बचत ,समुह बचत र दैनिक नियमित बचत गर्ने ३३ जना सेयर सदस्यलाई सम्मान गरिएको सस्थाका अध्यक्ष कृष्ण प्रसाद बगालेले जानकारी दिनुभयो।२०६८ सालमा स्थापना भएको सस्थामा हाल ४५८ जना सदस्य रहेका छन।सस्थाले बार्षिक कारोबार २ करोड ५० लाख सम्म गरिरहेको र सस्था मार्फत कृषकहरुलाई मलखाद उपलब्ध गराउदै आइरहेको समेत अध्यक्ष बगालेले बताउनुभयो ।कार्यक्रमको सहजीकरण अन्नपूर्ण कृषि सहकारी सस्था लिमिटेडका सचीव बिष्णु प्रसाद खनालले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस