२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

लालझाडी गाउँपालिकाद्वारा कृषि यन्त्र उपकरण वितरण 


  • २०८० पौष २५, बुधबार मा प्रकाशित १ साल अघि
  • ४४४ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ पुस । कञ्चनपुरको लालझाडी गाउँपालिका कार्यालयले तीन वटा कृषक समूह र एउटा कृषि सहकारीलाई कृषि यन्त्र उपकरण वितरण गरेको छ । वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गहुँ पकेट विकास कार्यक्रमको सशर्त अनुदानतर्फ एक एक थान पावर टिलर र सिँचाइ पाइप, तीमध्ये एउटा कृषक समूह र एउटा सहकारीलाई पाँच पाँच थान इलेक्ट्रिक स्प्रे ट्याङ्की तथा दुई वटा कृषक समूहलाई इलेक्ट्रिक मोटर वितरण गरिएको कृषि शाखाका प्रमुख दशरथ साउँदले बताउनु भयो । करिब रु. दश लाख रकममा खरिद गरिएका ती सामग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो ।

    बुधबार गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, कृषि शाखाका कर्मचारी लगायतको उपस्थितिमा सम्बन्धित कृषक समूह र सहकारीलाई ती सामग्री हस्तान्तरण गरिएको बताइएको छ । कृषि यन्त्र उपकरण प्राप्त गर्ने लाभग्राहीहरूमा दोदा साना किसान कृषि सहकारी संस्था लिमिटेड, भकुण्डा कृषक समूह, चमेली महिला कृषक समूह र डौनाबेबरी कृषक समूह रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट