२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

शान्ति प्रकृयाका बाँकी कार्यभार पुरा गरेर मुलुकलाई सम्बृद्धिकै बाटोमा लाग्नुपर्ने:निवर्तमान सभामुख सापकोटा


  • २०८० पौष ११, बुधबार मा प्रकाशित १ साल अघि
  • ३५५ पाठक संख्या
  • कञ्चनपुर, ११ पौष ।निर्वतमान सभामुख अग्नी प्रशाद सापकोटाले भ्रष्टाचार बिरुद्धको अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभएको हो। प्रेस सेन्टर नेपाल सुप प्रदेश कमिटिले बुधबार कञ्चनपुरको कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वतमान सभामुख सापकोटाले भ्रष्टाचार बिरुद्धको अभियान निरन्तर जारी राख्नुपर्नेमा  समेत जोडदिनुपर्ने बताउनुभयो ।

    निर्वतमान सभामुख सापकोटाले भ्रष्टाचारकै कारण सुशासन र विकासमा बाधा उत्पन्न भएकाले सरकारले भ्रष्टाचार बिरुद्धको अभियान फेरी संचालन गर्नुपर्नेमा सुझाव समेत दिएका छन ।

    माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सापकोटाले वर्तमान माओवादी नेतृत्वमा सरकारले यस अघि संचालन गरेको भ्रष्टाचार बिरोधी अभियानबाट भ्रष्टाचारहरु त्रसित भएको बताउनुभयो।

    ‘वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी, ललिता निवासदेखि सुनकाण्डमा मुछिएका संलग्न व्यक्तिमाथि भटाभट कार्बाही गरेको बताउदै ‘जनपक्षिय काम गर्दा जनताको समेत साथसर्मथन बढिरहेको छ ।’ सरकारले अघि सारेको अभियानबाट त्रसित भएको गिरोहले विभिन्न बहानामा सरकार र व्यवस्था बिरुद्धमा अभिव्यक्ति दिईरहेको समेत बताउनुभयो ।

    वर्तमान सरकारले छिमेकी भारत, चिन सहितका अन्य मुलुकसंग संयुक्त सम्बन्ध विस्तार गरेको समेत बताउनुभयो । ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अनपूर्ण बेस क्याम्पदेखि अन्र्तराष्ट्रिय मञ्चहरुमा संयुक्त छलफल गरेका छन, ‘यो नेपालकै लागि सुखद र महत्वपूर्ण पक्ष हो ।’

    निर्वतमान सभामुख सापकोटाले शान्ति प्रकृयाका बाँकी कार्यभार पुरा गरेर मुलुकलाई सम्बृद्धिकै बाटोमा लग्नुपर्ने बताउनुभयो। समाजवादी मोर्चाले समाजवाद सहितका विशिष्ठकृत उपलब्धीका लागि निर्माण भएको बताउँदै उनले समाजवादी मोर्चा दुतगतिमा अघि बढ्ने बताए । निर्वतमान सभामुख सापकोटाले समाजवाद, समाजिक न्याय, सम्बृद्धिका लागि संचारकर्मीको भूमिका रहने समेत बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट