२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

किसान बहुउद्देश्यीय सहकारी संस्था बेलौरी शाखा द्वारा बेलौरी ब्याडमिन्टन क्लबलाई डस्टबिन हस्तान्तरण


  • २०८० अषाढ ३१, आईतबार मा प्रकाशित १ साल अघि
  • १०८४ पाठक संख्या
  • बेलौरी, ३१ असार ।किसान बहुउद्देश्यीय सहकारी संस्था बेलौरी शाखा द्वारा बेलौरी ब्याडमिन्टन क्लब लाई चालु आर्थिक बर्षमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप डस्टबिन प्रदान गरेको छ। क्लबको प्राङ्गण सफा राख्न र एक स्वस्थ पर्यावरणको निमित्त सहयोग पुर्याउने हेतुले सो सहकारीले क्लबलाई सहयोग गरेको हो। सानो कार्यक्रमका बिच सहकारी संस्थाका शाखा प्रबन्धक विरेन्द्र प्रसाद जैशीले बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठलाई सो सामाग्री प्रदान गरेका हुन। किसान बहुउद्देश्यीय सहकारीले बेलौरी नगरपालिका कञ्चनपुरमा वडा नं ६ पानिटंकी नजिकै अवस्थित शाखा कार्यालय बाट आफ्नो सेवा प्रवाह गर्दे आएको छ।

     

    बेलौरी ब्याडमिन्टन क्लबले ब्याडमिन्टन खेललाई प्रबर्द्धन गर्न र युवा प्रतिभाको प्रशिक्षणमा निरन्तर मेहनत गरी प्रतिस्पर्धात्मक प्रतियोगिताहरूको आयोजना गर्नका निमित्त लागि परिरहेको यस क्लबका अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो। अध्यक्ष श्रेष्ठले किसान सहकारी संस्था प्रति आभार व्यक्त गर्दे यस कार्यले संस्थालाई समुदाय सँग जोडदै सकारात्मक वातावरणको सृजना गर्ने बताउनुभयो । बेलौरी ब्याडमिन्टन क्लबलाई विभिन्न वित्तिय संस्थाहरूले सहयोग गर्दे आएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट