२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

कञ्चनपुर क्षेत्र नम्बर १ को ख का स्वतन्त्र उम्मेदवार साउँदद्धारा प्रचार प्रसारमा तिब्रता दिदै


  • २०७९ कार्तिक २, बुधबार मा प्रकाशित ३ साल अघि
  • ४९८ पाठक संख्या
  •  

    माधब पौडेल ,कञ्चनपुर,२ कात्तिक । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को ख बाट स्वतन्त्र रुपमा प्रदेश प्रतिनिधीका लागि उम्मेदवारी दिनुभएका टेक बहादुर साउँदले चुनाबी प्रचार प्रसारलाई तिब्रता दिनुभएको छ । उम्मेदवारी मनोनयन दर्ता गराईसकेपछि निर्वाचन आयोगले लाल्टिन चुनाव चिन्ह दिए लगत्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को ख अर्थात बेलौरी र बेल्डाडीमा स्वतन्त्र उम्मेदवार टेक बहादुर साउँदले सम्पर्क कार्यालयको स्थापना गरेर चुनाबी प्रचार प्रसारलाई तिब्रता दिनुभएको हो । चुनाव प्रचार प्रसार र कार्यकर्तालाई भेट्न सहजताकालागि बेलौरी बजार र बेल्डाडीमा सम्पर्क कार्यालयको स्थापना गरिएको साउँदले बताउनु भएको छ । यस्तै आफ्नो उम्मेदवारी कुनै पार्टी र व्याक्तिका विरुद्धमा नभई रोग,भोग, गरिवी, बेरोजगारी, अशिक्षा र भ्रष्ट्रचार विरुद्ध रहेको साउँदले बताउनुभयो । कञ्चनपुरको दक्षिणी क्षेत्रले धेरै नेताहरुलाई नेता बनाइसक्दा समेत जनताका साझा समस्या जस्ताका त्यस्तै भएकाले यसको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको पनि बताउनु भयो ।

    उहाँका अनुसार लामो समय देखि बेलौरी कलुवापुर सडक नबन्नु, दैजी बेलडाँडी सडक खण्ड समयमै नवन्नु, सीमा समस्या समाधन नहुनु, बेलौरीमा भन्सार कार्यालय स्थापना नगरि सक्नु, यस क्षेत्रका नागरिकले सानो विरामी हुदा धनगढी महेन्द्रनगर या अन्यन्त्रै जानुपर्ने, युवालाई रोजगार नदिन सक्नु, शिक्षा क्षेत्रमा कुनै फट्को नलिन सक्नु र प्रत्येक क्षेत्रमा भ्रष्ट्रचार बेथिति अराजक रोक्न नसक्नुले आफुलाई पिरोलेका कारण जनताका आधारभूत समस्या समाधानका प्रतिवद्ध सहित चुनावमा होम्मिएको साउँदले बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट