२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

लोकतान्त्रिक बाम गठबन्धनले कञ्चनपुर १ मा चुनावी अभियान लाई तिब्रता दिने


  • २०७९ कार्तिक १, मंगलबार मा प्रकाशित २ साल अघि
  • १५४ पाठक संख्या
  • माधब पौडेल, १ कार्तिक कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई ब्यबस्थित र सशक्त पार्दै लगेको बताएको छ । कञ्चनपुर १ को बेलौरीमा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचारप्रसार क्षेत्रीय सम्पर्क कार्यालयको उद्घाटनका अबसरमा आयोजित कार्यक्रममा बोल्दै पुर्बे मन्त्री बिना मगरले अदिनायकवादी शक्तिलाई परास्त गर्दै जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्न जन्मिएको अग्रगामी शक्तिहरु बिचको गठबन्धन स्वायत्तता र नागरिक अधिकार सुनिश्चित पार्ने आधार रहेको बताइन् । गठबन्धनको निर्वाचन क्षेत्र स्तरीय कार्यालय उद्घाटनका अबसरमा बोल्दै नेपाली काँग्रेस कञ्चनपुरका नेता दिवान सिंह बिष्टले भने – सहिदहरुको बलिदानबाट प्राप्त लोकतन्त्र , गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई सफल पार्न गठबन्धनका सबै नेता कार्यकर्ता एकजुट भएर लाग्न पर्दछ । हिजो यो देशमा पंचायती राज्य ब्यबस्था फालेर लोकतन्त्र ल्याउदा र राजा ज्ञानेन्द्रको निरंकुशता हटाउदा पनि काँग्रेस बाम शक्ति बीच गठबन्धन गरिएको नेपाली काँग्रेस कञ्चनपुरका नेता एवं संविधानसभा सदस्य बिष्टले बताए ।

    कञ्चनपुर १ मा लोकतान्त्रिक बाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई ब्यबस्थित बनाएको छ । गठबन्धनले निर्वाचन क्षेत्र स्तरीय सम्पर्क कार्यालय बेलौरीमा स्थापना गरेको छ । प्रदेश ख को लागि गठबन्धनले कलकत्तामा सम्पर्क कार्यालय स्थापना गरेको छ । प्रदेश क अन्तर्गतका विभिन्न स्थानहरुमा पनि सम्पर्क कार्यालय स्थापना गरेर चुनावी अभियानलाई शसक्त बनाएर लैजाने प्रचारप्रसार समितिका संयोजक लम्सालले बताए । लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचारप्रसार समितिका संयोजक एवं नेकपा माओवादीका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवं प्रचारप्रसार समितिका सह संयोजक गोपीप्रसाद उपाध्यायाले कार्यक्रमको संचालन गरेका थिए । बेलौरीमा आयोजित कार्यालय उद्घाटन कार्यक्रममा समानुपातिक प्रदेश उम्मेदवार दिपा चौधरी र संघ तर्फका समानुपातिक उम्मेदवार प्रेमसिंह बोहरा बिशिस्ट अतिथि रहेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट