२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

नेकपा एमाले कञ्चनपुरद्धारा चुनावी प्रचार प्रसारलाई तिब्रता दिने


  • २०७९ आश्विन ३०, आईतबार मा प्रकाशित २ साल अघि
  • १८४ पाठक संख्या
  • कञ्चनपुर,३० असोज । आउँदो मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुरले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको छ । एमाले कञ्चनपुरले जिल्लाका ३ वटै निर्वाचन क्षेत्र र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा नेताहरुलाई जिम्मेबारी दिदै चुनावी प्रचार प्रचारलाई तिब्रता दिएको हो । आइतबार महेन्द्रनगरमा पत्रकार संगठन प्रेस चौतारी नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले मंसिर ४ लाई केन्द्रीत गरेर जिल्लाभरी नेताहरुलाई जिम्मेबारी दिईएको बताउनु भएको छ । एमाले कञ्चनपुरले जिल्लामा उपाध्यक्ष लक्ष्मी बुढालाई क्षेत्र नम्बर ०१, केन्द्रीय सदस्य ईन्दु कडरिया (विष्ट), लाई क्षेत्र नम्बर ०२ र एमाले सल्लाहकार परिषद सदस्य गोबिन्द कलौनीलाई क्षेत्र नम्बर ०३ र लेखा आयोग सदस्य ईश्वरी प्रशाद खरेलाई निर्वाचन परिचालन कमिटिको जिम्मेबारी दिईएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । उम्मेदबार सहित सम्पर्क कार्यालय उद्घाटन देखि अन्य चुनावी काममा खटिएको बताउदै अध्यक्ष विष्टले संगसंगै सुुझाव संकलन पनि गरिरहेको बताउनु भएको छ ।

    यस्तै एमालेबाट निर्वाचन क्षेत्र नम्बर ३ को २ का उम्मेदवार समेत रहनुभएका अध्यक्ष बिष्टले दिर्घकालिन संचार नीति र योजना बनाउनका लागि पत्रकारसंग छलफल गरिएको बताउनुभयो । पार्टीले चुनावी घोषणा पत्र बनाउनेका लागि सुझाव संकलन गरिएको अध्यक्ष विष्टले बताउनु भयो । यस्तै कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज राजेन्द्र सिह रावलले सत्ताधारीको राष्ट्रियता, सिद्धान्त र नैतिकता बिरोधी समुह भएको बताउदै उहाँले एमालेले राप्रपासंग गरेको गठबन्धन राष्ट्रियता रक्षाका लागि भएको दाबी गर्नुभयो । यस्तै प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जी भट्टले संगठन मार्फत पत्रकारको सुझाव संकलन गरेर पाटीलाई कार्यान्यनका लागि दिने बताउनु भएको छ । प्रेस चौतारी कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका सचिव मदन गिरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट