असोज २३, कंचनपुरको बेलौरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-१ फटिया बस्ने ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
सर्भिस तार संगै आएको जि.आइ तारमा एक्कासि छोइदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शब परिक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस