माधव पौडेल कञ्चनपुर, १४ असोज । कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत शुसिला लेखकको बिदाई भएको छ । कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,प्रमुख अतिथी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुसिला लेखक बिशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बि.क. रहनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि निबर्तमान जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, संचारकर्मी लगायतको उपस्थितिमा संचालन भएको कार्यक्रममा शुभकामना मन्तब्य महिला बिकाश शाखामा कार्यरत महिला बिकाश निरिक्षक बिमला बजगाइले राख्नुभएको थियो । येस्तै मन्तब्य निबर्तमान अध्यक्ष रतन शाही, नेत्रराज गिरिले राख्नुभएको थियो । फेरी भेटौला कार्यक्रममा बोल्ने वक्ताहरुले बिदाइ भएर जानलाग्नु भएका प्रमुख प्रशासकिय अधिकृत लेखकले गरेको काम प्रती खुलेर प्रसंशा गरेका थिए । कार्यक्रममा बोल्दै अधिकृत लेखकले आफ्नो जागिरे जिवनको पहिलो काम गर्ने अवसर बेलौरी नगरपालिका भएको र धेरै कुरा सिकेर गएको समेत बताउनुभयो । बेलौरी नगरपालिकामा लेखक करिब साढे ३ बर्ष यता कार्यरत रहदै आउनुभएको थियो । फेरि भेटौला कार्यक्रमको अन्त्यमा बोल्दै नगरपालिकामा नगरप्रमुख पोतिलाल चौधरीले प्रमुख प्रशासकीय अधिकृत शुसिला लेखकले बेलौरी नगरपालिकाको बिकाश निर्माण कोभिड १९ को महामारीमा खेल्नुभएको भुमिकाको उच्च मुल्यांकन गर्दै प्रसंशा गर्नुभएको थियो । बेलौरी नगरपालिका कार्यालयबाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्री परिषलको कार्यालय जान लाग्नुभएकोमा उज्वल भबिष्यको शुभकामना समेत दिनुभएको थियो । कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिकामा कार्यरत कर्मचारी राधा तिमिल्सिना गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस