धनगढी,२८ जेठ्। सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार ५ जना विना विभागीय सहित ७ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका छन्।
एमाले बाट आर्थिक मामिला मन्त्रीमा सुरेन्द्रबहादुर पाल र माओवादी केन्द्र बाट सामाजिक विकास मन्त्रीमा ओमबिक्रम भाट सरललाई नियुक्त गरेका छन् ।एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक तथा एकीकृत समाजवादीका माया पन्त लगायत मन्त्री र विना विभागीय मन्त्रीले सोमबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन् ।अब सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्य मन्त्री सहित १० सदस्यीय भएको छ । यस अघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् ।भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।
प्रतिक्रिया दिनुहोस