२०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न


  • २०८३ अषाढ १०, बुधबार मा प्रकाशित ५ घण्टा अघि
  • ४८ पाठक संख्या
  • बिकाश सिंह महता,धनगढी,१० असार।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

    बुधबार एक अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अनुसार ग्रासरुट फुटबल बिकासका लागि प्रशिक्षक र ग्रासरुट फोगल पर्सनहरुलाई क्षमता बिकासका लागि ग्रासरुट्स फुटबल नेतृत्व कार्यशाला गोष्ठी धनगढीस्थित देब तालिम केन्द्रमा सम्पन्न भएको हो।

    कार्यशाला गोष्ठीमा कैलाली र कञ्चनपुर जिल्लाका फुटबल प्रशिक्षक तथा ग्रासरुट फोगलपर्सनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ग्रासरुट्स फुटबलको विकास, बालबालिकामाझ फुटबलको पहुँच विस्तार, नेतृत्व विकास तथा समुदायस्तरमा फुटबल प्रवर्द्धनका विविध विषयमा छलफल तथा प्रशिक्षण अखिल नेपाल फुटबल संघका हेड अफ एजुकेसन संजित सिंह र चेत नारायण श्रेष्ठले प्रदान गर्नुभएको थियो।

    कार्यशालाले स्थानीय स्तरमा फुटबल विकासका लागि आवश्यक नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै ग्रासरुट्स फुटबल कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास रहेको एन्फा हेड अफ एजुकेसन संजित सिंहले भन्नुभयो।

    कार्यशाला गोष्ठीमा सहभागी सबै प्रशिक्षकहरु लाई धन्यवाद दिदै आगामी दिनमा फुटबल विकासका लागि सुदूरपश्चिम प्रदेशको नेतृत्व कैलाली र कञ्चनपुर जिल्लाले हातेमालो गर्नु पर्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् कैलाली जिल्ला अध्यक्ष अनिल मल्लले बताउनु भयो। उनले आगामी दिनमा थप प्रभावकारीका साथै फुटबल बिकासमा जोड दिनुपर्ने बताउनु भयो।

    कार्यशाला गोष्ठीमा सहभागि सम्पुर्ण लाई प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो। आगामी दिनमा यस प्रकारका कार्यक्रमले बाल फुटबल विकास, प्रशिक्षकहरूको क्षमता अभिवृद्धि तथा फुटबलको दिगो विकासमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट