२०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

बेलौरीमा वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता हुने 


  • २०८३ बैशाख १५, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ७५२ पाठक संख्या
  •  

    माधब पौडेल,१५ वैशाख। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ को आयोजनामा नगरस्तरीय प्रथम वडा अध्यक्ष ब्याडमिन्टन कप प्रतियोगिता यही  वैशाख १७ गतेदेखि सञ्चालन हुने भएको छ।खेलकुदको विकास, युवाहरूमा प्रतिस्पर्धात्मक भावना वृद्धि तथा स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो

    आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा स्थानीय खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम हुने टिमले रु. ३० हजार, द्वितीयले रु. १० हजार र तृतीयले रु. ५ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन रु. १ हजार दर्ता शुल्क तोकिएको छ।आयोजकले सम्पूर्ण खेलप्रेमी तथा ब्याडमिन्टन खेलाडीहरूलाई समयमै नाम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट