२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

पुनर्वास: छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधि विजय माविलाई 


  • २०८२ माघ २१, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ६२५ पाठक संख्या
  • पुनर्वास,२१ माघ। कञ्चनपुरको पुनर्वासमा आयोजित स्थानीय तह स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता–२०८२ पुनर्वास नगरपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।

    प्रतियोगितामा पुनर्वास नगरपालिका–१० मा रहेको विजय माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतियोगिता भर ९ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो।त्यसैगरी,प्रतियोगितामा  उप–विजेता आयोजक विद्यालय जीवनज्योति माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ८ कास्य पदक प्राप्त गरेको छ।यस्तै, पुनर्वास नगरपालिका–६ मा रहेको श्री पुनर्वास जनता माध्यमिक विद्यालयले ८ स्वर्ण, ३ रजत र ९ कास्य पदक जित्दै प्रतियोगितामा तृतीय स्थान हासिल गरेको छ।सो प्रतियोगिता माघ १८ गतेदेखि २० गते आजसम्म सञ्चालन भएको थियो।प्रतियोगितामा नगरपालिका भित्रका सरकारी तथा निजी गरी २५ वटा विद्यालयको सहभागिता रहेको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट