२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

बेलौरीमा थारु कल्याणकारिणी सभा कञ्चनपुरको आयोजनामा सांस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न


  • २०८२ पौष २०, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ६७५ पाठक संख्या
  • माधब पौडेल, २० पौष।थारु कल्याणकारिणी सभा जिल्ला समिति कञ्चनपुरको आयोजनामा तथा बेलौरी नगरपालिकाको सहयोगमा बेलौरीस्थित खुला मञ्चमा थारु सांस्कृतिक प्रदर्शनी कार्यक्रम आईतबार सम्पन्न भएको छ।कार्यक्रमको सभापति थारु कल्याणकारिणी सभा जिल्ला समिति कञ्चनपुरका सभापति सानु चौधरी, प्रमुख अतिथि सुदुर पश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, सुदुर पश्चिम प्रदेश सभा सदस्य गीता चौधरी, बेलौरी नगरपालिका नगर उपप्रमुख जोगराम चौधरी,सुदुर पश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशी लगायत थारु अगुवाहरूको उल्लेखनीय सहभगिताका रहेको थियो। थारु समुदायको मौलिक कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा थारु परम्परागत खानाका परिकार, हस्तकला, चित्रकला तथा विविध सांस्कृतिक सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो भने सांस्कृतिक कार्यक्रममा सखिया, मघौटा, झुम्रा तथा रानाथारु समुदायको होरी नाच प्रस्तुत गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले थारु समुदायको भाषा, कला र संस्कृतिले सुदूरपश्चिमको पहिचानलाई समृद्ध बनाएको बताउनुभयो।यसको संरक्षण र प्रवर्द्धन राज्यको प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरीले थारु समुदायले पुस्तौंदेखि जगेर्ना गर्दै आएको संस्कृतिलाई जोगाउन समुदाय स्वयं जागरुक हुनुपर्ने बताउँदै राज्यले संरक्षण गर्नुपर्ने समेत बताउनुभयो। बेलौरी नगरपालिका नगर उपप्रमुख जोगराम चौधरीले नगरपालिकाले स्थानीय कला र संस्कृतिको संरक्षणका लागि निरन्तर सहयोग गर्दै आएको बताउँदै सांस्कृतिक प्रवर्द्धनका लागि नगरपालिका सधैं साथमा बताउनुभयो।कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीले मौलिक संस्कृतिको संरक्षण गर्न नसके संकटमा पर्दै जाने बताउनुभयो।कार्यक्रमको अवसरमा नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी तथा उपकुलपति डा. टी.एन. जोशीलाई सम्मान गरिएको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट