२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

लालझाडीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर हुने


  • २०८२ कार्तिक २७, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ६७० पाठक संख्या
  • माधव पौडेल, २७ कार्तिक। कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) बाट सञ्चालन भई रहेको समावेशी तथा गुणस्तरिय परियोजनाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।शिविर मंसिर ८ गते लालझाडी गाउँपालिका वडा नम्बर ३ मा रहेको आधारभूत अस्पताल नन्दगाउँमा सञ्चालन हुने भएको हो। शिविरमा शारीरिक अपाङ्गता, आँखा तथा कानसम्बन्धी अपाङ्गता पहिचान र स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।स्वास्थ्य चेकजाँच शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने गाउँपालिकले जारी गरेको सूचनामा उल्लेख गरेको छ। शिविरमा गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय बासिन्दालाई समेत स्वास्थ्य परीक्षणमा सहभागी हुन आग्रह गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट