२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

बेलौरी:दुई दिने देउडा विशेष कार्यक्रमको नगर उप प्रमुख चौधरीद्धारा उद्घाटन


  • २०८२ भाद्र ११, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ४४८ पाठक संख्या
  • माधब पौडेल, ११भाद्र।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४स्थित कालिका मन्दिर परिसरमा कालिका आमा समूहको आयोजना तथा बेलौरी नगरपालिका तथा कालिका मन्दिर व्यवस्थापन समितिको विशेष सहयोगमा बुधबार दुई दिने डेउडा विशेष कार्यक्रमको बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीद्धाराले उद्घाटन गर्नुभएको छ।कार्यक्रमको सभापति अमर सिंह बिष्ट, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी,विशिष्ट अतिथि बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झपिराज ओझा, बेलौरी नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष अर्जुन ढकाल, वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,समाजसेवी,बुद्धिजीवी, प्रेम सिंह बोहरा लगायत डेउडा प्रेमीहरूको उल्लेख्य उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर उप प्रमुख जोगराम चौधरीले सबै जातजातिको धर्म संस्कृति रहनसहन परम्परालाई सम्बोधन गरी अगाडि बढाउनका निमित्त बेलौरी नगरपालिका सदैव हातेमालो गर्न तयार रहेको बताउँदै बेलौरी नगरपालिकाको क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण जातजातिका मौलिक पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न सम्मानजनक र सम्मान रुपले हेर्दै आएको र आवश्यक सहयोग गरेको समेत बताउनुभयो। सुदूरपश्चिमेली समुदायको मौलिक पर्व गौराको शुभ अवसरमा सम्पूर्ण नेपालीदाजुभाई दिदीबहिनीहरूमा उन्नति प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।यस

    कार्यक्रममा डेउडा प्रतियोगिता भाद्र ११ र १२ गते सम्म सञ्चालन हुने कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो।अध्यक्ष पन्तका अनुसार डेउडा विशेष कार्यक्रममा विभिन्न समुहले मौलिक भाकामा रचनात्मक प्रस्तुतिहरू प्रस्तुत गर्न सकिने समेत बताउनुभयो। कार्यक्रमको सहजीकरण समाजसेवी बुद्धिजीवी चेतनाथ दाहालले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट