२०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

पुनर्वासमा नगरस्तरीय क्रीकेट प्रतियोगिता सुरु 


  • २०८१ कार्तिक १४, बुधबार मा प्रकाशित १ साल अघि
  • ६६४ पाठक संख्या
  • पुनर्वास,१४ कार्तिक।कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिकाको बिचफाँटामा नगर स्तरीय क्रीकेट प्रतियोगिता बुधबार देखि सञ्चालन गरिएको छ ।

    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले उद्घाटन गरेको गरेको क्रीकेट प्रतियोगिताको आयोजना परोपकार युवा समाजले गरेको छ ।पुनर्वास नगर पालिका भित्रका १६ वटा टिम सहभागी भएको युवा समाजका अध्यक्ष अमरजन साउदले बताए । प्रतियोगितामा बिजेतालाई ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र उप बिजेता टिमलाई २५ हजार ५ सय ५५ रुपैया नगद सहित ट्रफी पुरस्कारको ब्यबस्था गरिएको अध्यक्ष साउँदले जानकारी दिनुभयो।खेल क्यानको नियमानुसार खेलाइने उनले जानकारी दिए । बुधबार प्रीति गार्डेन स्कुल र प्याराताल युवा क्लव बिच भएको खेलमा प्रीति गार्डेन स्कुल ४६ रनले बिजयी भएको परोपकार युवा समाजका सचिव नारायण प्रसाद जैसीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट