२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

पतंजलिको युवा नेपाल समिति कञ्चनपुर गठन, संयोजकमा भट्ट


  • २०८१ जेष्ठ १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ४१३ पाठक संख्या
  • महेन्द्रनगर,१६ जेठ् ।पतंजलि योगपीठअन्तर्गत युवा नेपाल समिति कञ्चनपुरको समिति गठन गरिएको छ ।

    युवा योग शिक्षक गणेश दत्त भट्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको बुधबार बिहान आयोजित योग शिविरमा जानकारी दिइएको छ ।

    समितिको सहसंयोजकमा ईश्वरी बम चन्द रहनुभएको छ । सदस्यमा मनोज बडू, उत्सव सिंह, रामप्रसाद पाण्डेय, होमनाथ योगी, विद्या बम चन्द, भावना जोशी, लिला भट्ट, मिना जोशी बडू र क्षेत्रा चन्द रहनुभएको छ ।समितिका मुख्य केन्द्रीय प्रभारी साध्वी डा. देवविजयाजीको सानिध्यमा जिल्ला समिति गठन गरिएको जनाइएको छ । युवा नेपाल समितिले युवा र विद्यार्थीमाझ योग तथा संस्कार शिक्षा विस्तार गर्ने संयोजक भट्टले जानकारी दिनुभयो ।

    ‘युवाहरू कूलतमा फस्ने गरेको र सामाजिक विकृति फैलिएको अवस्थामा योग शिक्षाको औचित्य बढेको छ,’ संयोजक भट्टले भने, ‘योग शिक्षालाई अब हरेक युवासम्म पुर्‍याउन प्रयास गरिनेछ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट