२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

बेलौरीस्थित ईशान अस्पतालमा सिकलसेल र थेल्सिमिया सम्बन्धी स्वास्थ्य शिविर


  • २०८१ बैशाख २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ७३८ पाठक संख्या
  • माधब पौडेल, कञ्चनपुर, २८ बैशाख । कञ्चनपुरको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा सिकलसेल र थेल्सिमिया पोजिटिभ बिरामीहरूका लागि नि:शुल्क रगत परीक्षण र चेकजाँच शिविर सञ्चालन गरिएको छ । बेलौरी नगरपालिकाको आयोजना तथा ईशान मेमोरियल अस्पतालको सहकार्यमा शुक्रबारदेखि दुई दिवसीय स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । अस्पताल र सिकलसेल तथा थेल्सिमिया सम्बन्धी स्वास्थ्य परीक्षण शिविरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन गर्नुभएको छ ।

    शिविरमा भेरी अस्पताल नेपालगञ्जका हेमेटोलोजिष्ट डा. प्रेमराज श्रेष्ठद्वारा बेलौरी नगरपालिका वडा नम्बर १ देखि वडा नम्बर १० सम्मका सिकलसेल तथा थेल्सिमिया पोजेटिभ बिरामीहरुको रगत परीक्षण तथा चेकजाँच भइरहेको ईशान मेमोरियल अस्पतालका अध्यक्ष आईजंग कुंवरले जानकारी दिनुभयो ।शिविरको पहिलो दिन १४ जना महिला र ७ जना पुरुष गरि २१जना बिरामीहरुले विशेषज्ञ सेवा लिएको ईसान मेमोरियल अस्पतालका एच आर मदन भण्डारीले जानकारी दिनुभयो।

    शुक्रबार नै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले ईशान मेमोरियल अस्पतालको पनि उद्घाटन गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट