२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

बेलौरीमा दोस्रो भेट्रान पुरुष भलिबल प्रतियोगिता सुरु


  • २०८० चैत्र २३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ११७३ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर, २३ चैत । कञ्चनपुरको बेलौरीमा दोस्रो भेट्रान पुरुष भलिबल प्रतियोगिताको संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सदस्य दिवान सिंह बिष्टले शुक्रबार उदघाटन गर्नुभएको छ।

    बेलौरी नगरपालिका वडा ७ खेलकुद सञ्चालन समितिको आयोजना र बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयको आर्थिक सहयोगमा ४० वर्ष उमेर माथिका पुरुष खेलाडीहरू बिच हुने डे-नाइट पुरुष भेट्रान कप भलिबल प्रतियोगिता बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहको कल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जनाएको छ।

    कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ,प्रमुख अतिथि संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट ,बिशिस्ट अतिथी जिल्ला भलिबल संघका जिल्ला अध्यक्ष श्याम सिंह  मौनी , भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट  नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गोपि प्रसाद उपाध्याय,नेकपा एमाले बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपाने,नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने,सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मदन बहादुर धानुक,ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशी लगायत खेलप्रेमीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।प्रतियोगितामा बेलौरी नगरपालिकाबाट ५ टिम तथा पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाबाट १।१ टिम गरी जम्मा ८ वटा टिमको सहभागिता रहने पुरुष भेट्रान कप पुरुष भलिबल प्रतियोगिताका संयोजक तेज बहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा पुरस्कार स्वरूप प्रथम हुने टिमले रु. २५ हजार सहित मेडल र ट्रफी, द्वितीय हुने टिमले रु. १५ हजार सहित मेडल र ट्रफी तथा तृतीय हुने टिमले रु. ५ हजार सहित मेडल प्राप्त गर्ने संयोजक चन्दले बताउनुभयो । उदघाटन समारोहमा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो। प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ।विगतका वर्षहरूमा पनि डे-नाइट भलिबल प्रतियोगिता सफलतापूर्वक सञ्चालन गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट