२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

बेलौरी नगरपालिकाद्वारा १४ औं राष्ट्रपती रनिङ शिल्डमा सहभागी हुने खेलाडीलाई विदाई


  • २०८० माघ २४, बुधबार मा प्रकाशित २ साल अघि
  • ६६२ पाठक संख्या
  • माधब पौडेल,२४ माघ।कञ्चनपुरको बेलौरी नगरपालिकाले १४ औं जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बुधबार एक कार्यक्रमका बीच  विदाई गरेको छ । कृष्णपुर नगरपालिकाको गुलरियामा माघ २५ गते देखि २७ गते सम्म सञ्चालन हुने १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बेलौरी नगरपालिकाजा नगर उपप्रमुख जोगराम चौधरी,बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, नगर प्रबक्ता हर्कबहादुर भुल ,बेलौरी नगर खेलकुद समितीका अध्यक्ष रामेश्वर न्यौपाने,खेलकुद समितिका पदाधिकारीहरुले जर्सी हस्तान्तरण गर्दै विदाई गरिएको थियो ।

    नगर उपप्रमुख चौधरीले उत्साह, उमंग र अनुशासित पुर्वक खेलमा सहभागी भइ विजयी हात पार्न प्रतियोगितामा सहभागी खेलाडी लाई शुभकामना व्यक्त गर्नुभएको थियो।कार्यक्रममा खेल शिक्षकहरुको पनि सहभागिता रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट