२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलौरी न पा २ र नोभा अस्पतालको आयोजनामा १ दिने स्वास्थ्य शिबिर हुने


  • २०८० पौष १९, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५८९ पाठक संख्या
  • माधब पौडेल,१९ पौष। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ कार्यालय र कैलालीमा रहेको नोभा अस्पतालको आयोजनामा १ दिने स्वास्थ्य शिविर हुने।

    बेलौरी नगरपालिका कार्यालयको सभाहलमा पौष २१ गते शनिबार कैलालीको धनगढीमा रहेको नोभा अस्पतालको सयुक्त आयोजनामा हाइड्रोसिल हर्निया आन्द्रा सुनिएको शरीरमा अनावश्यक मासु पलाएको,पित्तथैलीको पत्थरीको उपचार,क्यान्सर रोगको परामर्श,पेट,छाती, मुटुको उपचार,बाथरोग ग्यास्ट्रिक,अल्सर फोक्सोको रोग दम,टि भी,निमोनिया लगायत डेन्टल सम्बन्धि विशेषज्ञ डाक्टर द्वारा नि शुल्क औषधि उपचार  सहितको स्वास्थ्य शिविर गरिने बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले जानकारी दिनुभयो।शिविरमा सहभागी भइ स्वास्थ्य  लाभ लिन आग्र गर्दै वडाबासीहरुका लागि आफ्नै वडामा सहज उपचार सेवा होस भन्ने उदेश्यले बिगतका बर्ष देखि  स्वास्थ्य शिबिर गर्दै आइरहेको वडाध्यक्ष चौधरीले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट