२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलडाँडीमा आँखा उपचार केन्द्रको उदघाटन 


  • २०८० पौष १, आईतबार मा प्रकाशित २ साल अघि
  • १०६० पाठक संख्या
  • बेलडाँडी,१ पौष ।कञ्चनपुरको बेलडाँडीमा गाउँपालिका प्रमुख रानाको पहलमा आइतबार संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले आँखा उपचार केन्द्रको उदघाटन गर्नुभएको हो।

    कार्यक्रमको सभापति बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना,प्रमुख अतिथी संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,बिशिस्ट अतिथी नेपाल नेत्र ज्योति संघ कैलालीका अध्यक्ष एवं गेटा आँखा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष  लोकराज जोशी ,नेपाल नेत्र ज्योति संघ कञ्चनपुरका अध्यक्ष डाक्टर  भोजराज पन्त,गेटा आँखा अस्पतालका प्रमुख सुरेशराज पन्त,अतिथि आँखा अस्पतालका प्रमुख खगेन्द्र प्रसाद उप्रेती ,बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारु,लगायत पालिकाका विभिन्न शाखा प्रमुख एवं प्रतिनिधि ,कार्यपालिका सदस्य ,विभिन्न पार्टीका प्रतिनिधि ,समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुरपश्चिम प्रदेश सभा सदस्य बिष्टले बेलडाँडीमा आँखा उपचार केन्द्र स्थापनाका लागि आफूले विगत लामो समयदेखि गरेको प्रयास सफल भएको बताउनु भयो । गेटा आँखा अस्पतालले विगतमा बेलौरीमा पनि सेवा प्रदान गरेको र अब बेलडाँडीका नागरिकका लागि समेत सेवा प्रदान गर्न तयार भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको उदघाटन संगै आँखा उपचार सुरु भएको छ।

    कार्यक्रमको सभापति बेलडाँडीका पालिका अध्यक्ष हरिशचन्द्र रानाकोअनुसार बेलडाँडीका आँखा विरामीहरुले धनगढी महेन्द्रनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यहि उपचार केन्द्र स्थापना गरेको बताउदै सर्वसाधारणका लागि निशुल्क आँखा उपचार  दिइने समेत बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट