२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

बेलौरीको श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रमा किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना


  • २०८० अषाढ ९, शनिबार मा प्रकाशित २ साल अघि
  • १११३ पाठक संख्या
  • माधब पौडेल ,कञ्चनपुर,०९ असार । कञ्चनपुरको बेलौरी स्थित श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रमा किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । शनिबार श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रको आयोजनामा बिषेश गरेर औलो,डेंगु र स्क्रब टाइफस रोगहरु यो समयमा देखिने भएकाले स्थानिय महिला स्वास्थ्य स्वयंसेविका,आमा समुहका अध्यक्ष,जनप्रतिनिधि, र सरोकारवाला विच एक दिने किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । डेंगु, कालाजार, स्क्रव टाइफस, हातीपाइले जस्ता किटजन्य रोगहरुबाट बच्न प्रत्येक व्यक्तिले आ–आफ्नो घर वरिपरि सरसफाई गर्ने,लामखुट्टे, झिंगा, भुसिनाहरुबाट बच्ने उपायहरु अपनाउने, झुल लगाएर सुत्ने, जस्ता उपायहरु अपनाउनु पर्ने श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रका प्रमुख गोबिन्द बहादुर बिष्टले बताउनुभयो ।

     

    यस्तै अभिमुखिकरण कार्यक्रममा डेंगु रोगबाट बाच्नका लागी टायर,प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्ने र जमेको पानी सफा गर्नु पर्ने र डेंगु रोगबाट बच्न सबैले सरसफाईमा बिशेष ध्यान दिुनुपर्नेमा जोड समेत दिईएको थियो । अभिमुखिकरण कार्यक्रममा किटजन्य रोगका लक्षण, रोकथामका र नियन्त्रणका उपाय बारे जानकारी गराईएको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट