२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

इसान मेमोरियल अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, ८० जनाले लिए सेवा


  • २०८३ अषाढ २, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ३०७ पाठक संख्या
  • माधब पौडेल ०२ असार। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित कुण्डा पिकनिक स्पोर्टमा ईशान मेमोरियल अस्पतालको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत स्थानीयवासीलाई स्वास्थ्य जाँच, रगत परीक्षण तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको हो।शिविरमा करिब ८० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ। परीक्षणपछि आवश्यक परामर्शसहित बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो। अस्पतालका अनुसार करिब २ लाख ८५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको इसान मेमोरियल अस्पतालका एच आर मदन भण्डारी जानकारी दिनुभयो।

     

    कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह राना, बिशिष्ट अतिथि ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई.जंग कुँवर, रहनुभएको थियो।अस्पतालका चिकित्सक डा. जाकिर आलमको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एंव वडाध्यक्ष किशन सिंह रानाले आफ्नै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

    कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष कुँवरले आगामी दिनहरूमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण तथा दुर्गम क्षेत्रलाई लक्षित गर्दै यस्ता शिविरहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट