२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ आज देखि पुनर्वासमा सुरु 


  • २०८२ माघ १८, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ४८७ पाठक संख्या
  • धनबहादुर बिक, १८ माघ। कञ्चनपुरको पुनर्वासमा”स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित पुनर्वास नगरपालिका ६ मा रहेको श्री जिवन ज्योति माविको खेलमैदानमा आईतबार स्थानीय तह स्तरीय छैठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ काे विविध कार्यक्रम सहित उद्घाटन भएको छ । पुनर्वासका २६ माध्यमिक तह मध्ये २० वटा बिद्यालय सहभागी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी बिद्यालयले बिद्यालय का फरकफरक पोसाक सहित मार्चपास मसाल दौड प्रदर्शन गरेका थिए भने विद्यार्थीहरूको मार्चपासलाई पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले सलामी दिनुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले ‘खेल मानव जीवनका लागि अनिवार्य बिषय रहेको र यसलाई अघि बढाउनका निम्ति खेलकुदको निकै महत्त्व रहेको बताउँदै यस्ता प्रतियोगिताहरूले वास्तवमा ओझेलमा परेका खेलाडीहरूलाई अघि बढ्नको निम्ति उपयुक्त वातावरण तयार  रहेको बताउनुभयो।यस क्षेत्रको विकासका निम्ति होस वा खेलकुदको विकासका लागी आफू सदैव सकारात्मक रहेको बताउनुभयो।यस्ता प्रतियोगिताले नगरमा खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षेत्र को नाम हुने समेत शर्माले जोड दिनुभयो।

    यस्तै नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलाडीको अनुशासन अति आवश्यक रहेको नगर स्तरीय मावि तहका प्रधानाध्यापक मानबहादुर तामाङले जोड दिनुभयो। विगतमा तत्कालीन समयमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दा जिल्ला विकास समितिले सहभागी प्रत्येक बिद्यालयलाई १० हजारका दरले नगद सहयोग उपलब्ध हुने गरेको थियो तर पछिल्लो समय नगरपालिका स्थापना भए पश्चात त्यो सहयोग शिर्षक कटौती हुँदा कार्यक्रम सम्पादन गर्न बिद्यालय लाई कठिनाइ हुनेगरेको प्रधानाध्यापक तामाङले शुभकामना मन्तव्यमा गुनासो व्यक्त गर्नुभयो।कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर ऐरीले भने ,पुनर्वासले राष्ट्रिय स्तरका खेलाडी समेत जन्माइसकेकोले अझै राष्ट्रिय स्तरमा यहाँका खेलाडी पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छैठौं संस्करण को आयोजक बिद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता का सदस्य सचिव भरत कुमार बस्नेतले प्रतियोगिताका सम्पूर्ण खेलाडीलाई अनुशासनका साथ खेल सम्पन्न गर्न समेत अनुरोध गर्नुभयो।आयोजक बिद्यालय जीवन ज्योति माविका प्रधानाध्यापक सदस्य सचिव सभापति रहेको कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने अतिथि हरूमा विभिन्न वडाध्यक्ष,कार्यपालिका सदस्य , वडा सदस्य,नगर स्तरीय खेलकुद विकास समिति सदस्यहरू , विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी बिद्यालयका शिक्षक शिक्षिका,समाजसेवी,खेलप्रेमि लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

    आजबाट सुरु भएको नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता माघ २० गते समापन हुने छ । सो प्रतियोगितामा नगरका २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्स लगायतका खेलहरू हुनेछन्।कार्यक्रमको सञ्चालन आयोजक जीवन ज्योति माविका शिक्षक युवराज सुयेलले गरेका थिए भने मार्च पास तथा प्रतियोगिता कार्यक्रम को सञ्चालन गौरी शंकर माविका शिक्षक दिर्घराज घिमिरे तथा पुनर्वास नगरपालिका योजना शाखा प्रमुख शंकर बोगटीले गरेका थिए

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट