२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

बेलौरी: प्रथम सिन्धुराज अवस्थी स्मृति क्रिकेट प्रतियोगिताको उपाधि वात्सल्य विद्या निकेतनलाई


  • २०८२ मंसिर ९, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ११०६ पाठक संख्या
  • माधब पौडेल, ०९ मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६मा रहेको सिद्धबाबा एकेडेमीको आयोजनामा “प्रथम सिन्धुराज अवस्थी स्मृति क्रिकेट कप २०८२”प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलको उपाधि वात्सल्य विद्या निकेतनले हात पारेको छ।१५ ओभरको खेलमा ९ विकेट गुमाउँदै वात्सल्यले ७४ रन बनाएको थियो भने जवाफी ब्याटिङमा सत्यवती एकेडमी ९ ओभरमै अलआउट हुँदै ४६ रनमा समेटिएपछि दोस्रो स्थानमा प्राप्त गरेको छ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूमा म्यान अफ द म्याच र उत्कृष्ट बलर दुवै अवार्ड वात्सल्या विद्या निकेतनका भी.एब. रानाले हात पारे। उत्कृष्ट व्याट्समेन सत्यवती एकेडमीका योगेन्द्र बिष्ट तथा प्लेयर अफ द टुर्नामेन्ट आदर्श थापा घोषित भए।सिद्धबाबा एकेडेमीका संस्थापक समेत रहेका सेयर सदस्य सिन्धुराज अवस्थीको २०७१ साल चैत्र १० निधन भएको थियो। अवस्थीको सम्झनामा ३ दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको सिद्धबाबा एकेडेमीका प्रिन्सिपल खड्क शाहले जानकारी दिनुभयो। प्रतियोगितामा बेलौरी नगरपालिका भित्रका ५ वटा सस्थागत विद्यालय, धनगढी उपमहानग पालिकाको १टीम र गोदावरी नगरपालिकाको ५ टीम गरी ११टीमको सहभागिता रहेको समेत शाहले बताउँदै समाजमा योगदान दिएका व्यक्तिहरुको सम्झनामा खेलकुद कार्यक्रको आयोजना गरिएको समेत बताउनुभयो।कार्यक्रममा प्रथम हुने वात्सल्य विद्या निकेतनको टीमले नगद रु ७ हजार ५ सय ट्रफ, मेडल प्रमाणपत्र, द्वितीय हुने सत्यवती एकेडमीका टीमले नगद रु ५ हजार ट्रफी,मेडल,प्रमाणपत्र, खेलमा उत्कृट खेलाडी, उत्कृट बलर उत्कृट व्याटसमेन, हरेक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।कार्यक्रमको सभापति सिद्धबाबा एकेडेमी सञ्चालक समिति सदस्य गणेश सिंह ऐरी, प्रमुख अतिथि स्वर्गिय सिन्धुराज अवस्थीको धर्म पत्नी हेमन्ती अवस्थी विशिष्ट अतिथि बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने रहनुभएको थियो।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट