बेलौरी, ०६ मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ रामपुर खेलकुद क्लबको आयोजनामा क्षेत्र नम्बर १ स्तरीय प्रथम उप–मेयर कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि केदार अटो वर्कसपले हात पारेको छ।

प्रतियोगितामा प्रथम हुने केदार अटो वर्कसपले नगद रु ५० हजार, मेडल र प्रमाणपत्र,दोस्रो स्थान प्राप्त गर्ने पुनर्वास नगरपालिका वडा नम्बर २ मोतिबस्तीमा रहेको सरस्वती माध्यमिक विद्यालयले हात पार्दै रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।कार्यक्रमको सभापति रामपुर युवा क्लबका अध्यक्ष रणवीर सिंह थापा, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उप–प्रमुख जोगराम चौधरी रहनुभएको थियो। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका उप–मेयर जोगराम चौधरीले खेलकुदले युवालाई अनुशासन, स्वास्थ्य र सकारात्मक मार्गमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै नगरपालिकाले खेलकुदमै विशेष प्राथमिकता दिएको बताउनुभयो।प्रतियोगिता सफल बनाउन स्थानीय समाजसेवी, शिक्षार्थी, प्रहरी र सशस्त्र प्रहरीको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ।प्रतियोगिता मंसिर ४ देखि ६ गतेसम्म चलेको खेलमा १४ टिम सहभागी भएको थियो।
प्रतिक्रिया दिनुहोस